Wednesday, November 30, 2016

मोडल नम्बर २३००

रोशन हरि अधिकारी 

सनोछँदा खुब गीत सुन्न मन लाग्ने । नयाँ नयाँ गीत आधाआधी दिमाखमा ‘सेभ’ गरेर राख्थें । ट्वान्टी सेञ्चुरीको पुरानो रेडियो थियो घरमा । स्टेशन हत्तपत्त टिप्न नमान्ने । गीत सुन्नकै लागि रेडियोको एरियलमा तार टाँगेर घरको धुरीसम्म पु¥याउनु पर्ने । एन्टिना घुम्दा बल्ल बल्ल टिप्थ्यो रेडियो कान्तिपुरको स्टेशन ।
दुःखले रेडियोको स्टेशन जोडेपछि बज्ने गीत त याद नहुने कुरै भएन । कहिले काहीं त लाग्थ्यो रेडियो फालेर मोवाइल किनुम् । मन थियो मोवाइल किन्ने तर सुक्को थिएन गोजीमा । गाँउमा रञ्जित दाइले ‘स्लाइटवाला’ मोवाइल बोकेको देखेपछि मन झनै लोभियो । जसो तसो मोवाइल किन्ने मनस्थिति बनाएर पैसो जोहो गर्न जुटें । १५ सय जोहो गरे त्यसमा ममीले थोरै रकम थपिदिनु भयो ।
नयाँ मोवाइल किन्न पैसोले पुगेन । चाइनिज मोवाइल चलाउने मन थिएन । एक दिन एउटा साथीले कानमा एयरफोन खाँदेर आए मोवाइल देखाउन । मोवाइल थियो नोकिया मोडल नम्बर २३०० ब्लाकेनह्वाइट । मोवाइलमा फोन आउने जाने बाहेक एउटै मात्र सुविधा थियो । एफएम रेडियो ।
१८ सयमा किनेको मोवाइल हेर्न साथीभाइले माग्थे ठूलो हुने कुरै भएन दिनै प¥यो । सेकेन्ड हेण्ड मोवाइल व्याट्री टिक्दै नटिक्ने । रेडियो सुन्नु परे फूल चार्ज गर्नुपर्ने । कक्षा ९ मा पढ्दा किनेको मोवाइल जसोतसो २ वर्ष चलाए होला । व्लाकेनह्वाइट मोवाइल दुई वर्ष बोक्दा वाक्क भैसक्या थियो ।
कान्छा मामा विदेशमा हुनु हुन्थ्यो फोन गरेपिच्छे घर आउँदा मामा मोवाइल भन्थे । झोलीका देउता भाञ्जा भाञ्जीले भनेको नमानुन् पनि कसरी मामाले घर आउँदा ल्याइदिन्छु भन्नु हुन्थ्यो । आज भोली भन्दै घर आउने दिन पनि भएछ । २०६७ सालमा साउन भदौतिर होला मामाले बोलाउनु भयो मोवाइल लिन ।
मोवाइल भनेपछि भुईमा खुट्टै थिएन । मामाको फोन आको २४ घण्टा नपुग्दै पुगियो मामा घर । मामा घर पुगेपछि मेरो अगाडि आए तीनवटा नयाँ मोवाइल मामाले भन्नु भयो भाञ्जा रोजेर एउटा लैजाउ । व्लाक एण्ड ह्वाइट मोवाइल चलाइरहेको भाञ्जाको अगाडि तीन वटा अलग अलग मोडलका रंगिन क्यामरासहितका मोवाइल थिए । एकछिन अक्न बक्क भए । कुन लिउ कुन लिउ । एकछिनको प्रतीक्षा पछि नबोली मेरा हातले उठायो नोकिया ‘सी–थ्री’ ।
११ पढ्दै गर्दा उपहार पाएको मोवाइलले गर्दा २–४ दिन त भात नै रूचेन जतिबेला पनि मोवाइल हेर्थे । फोन आउँदा  गीत सुन्न भिडियो हेर्न फोटो खिच्न खुव उपयोगी बन्यो मोवाइल । पैसा तिरेर गीत हाल्न नयाँ नयाँ फिल्म मेमोरीकार्डमा हाल्ने चलिरह्यो निरन्तर । राम्रो मोवाइल बोक्ने सपना बोकेको मेरो सपना पूरा भएको थियो । जताततै निर्धक्क भएर मोवाइल चलाउँथे । ‘सी–थ्री’ मोवाइल उपहार पाउँदा बधाइ दिने साथीहरूको कमी थिएन । बधाई पछिसम्म खाइन्थ्यो ।
मामाले मोवाइल उपहार दिएको भन्दा कोइकोइ साथीहरू आफ्ना मामासँग चिडिन्थे मनमनै । मामाले उपमहार दिएको मोवाइल पनि लामै समयसम्म चलाइयो । नयाँ नयाँ मोडलहरू थपिदै गर्दा ऊ बेलाको ‘सी–थ्री’लाई कसैले गन्दैन थिए । उपहार पाएको मोवाइल करिव ७ वर्ष चलाइयो । ६ वर्षसम्म कुनै कमजोरी आएन । ७ वर्षमा दौडिरह्दा बुढो भएर होला सायद मोवाइलले काम गर्न गाह्रो मान्न थाल्यो । ७ वर्षसम्म माया बसेको मोवाइलको किवोर्ड अरू मान्छेले चिन्दैन थिए । थिच्दा थिच्दा सवै मेटिएको थियो ।
बिरामी मोवाइललाई पूरानै अवस्थामा ल्याउन उपचार पनि गरियो । तर मोवाइललाई उपचार गर्ने पसल पनि विरामी मान्छेलाई उपचार गर्ने अस्पताल जस्तै महङ्गा, कसरी पैसा तानुम् भन्नेमा आतुर । मोवाइललाई उपचार गर्दा बढी बिल उठ्ने भएपछि मन निचोरेर विदा गर्छु ‘सी–थ्री’ तिम्लाई भन्ने स्थितिमा पुगे ।
मन नमानी नमानी दशै–२०७३ को शुभ अवसर पारेर ‘सी–थ्री’ लाई विदा गरेर स्वागत गरियो ‘पानोसोनिक इलुका एटु’ लाई । महङ्गो मूल्यमा नयाँ मोवाइल किनेपनि नोकिया २३०० किन्दा जस्तो बधाई पाइएन न त नोकिया ‘सी–थ्री’ हेर्ने जस्तो दर्शक नै । कसैले कति राम्रो मोवाइ भनेर प्रशंसा नै गरेनन् । बरू पाइयो ममीबाट एउटा सम्मानजनक गाली ‘तलाई पैसा बढी भाको ।’ ममीले भनेपछि अलिअलि मनमा छोयो । महङ्गो मोवाइल किने कतैबाट बधाई पाइएन । पैसा बढी भएर थन्क्याएको अनुभूति भैरहेकोछ हिजोआज ।

http://khabarpurwanchal.com/%E0%A4%AE%E0%A5%8B%E0%A4%A1%E0%A4%B2-%E0%A4%A8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%B0-%E0%A5%A8%E0%A5%A9%E0%A5%A6%E0%A5%A6/