Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts

Saturday, November 21, 2015

जिउँदो सन्तानलाई चिहानघारीमा फालेपछि…

 child at hospital with no parentsविराटनगर, ५ मंसिर2072  (ओएनए) : भनिन्छ, सन्तानका लागि आफ्ना आमा-बाबु ईश्वर समान् हुन्छन् । आफ्नो सन्तान जस्तो जन्मे पनि उनीहरूलाई माया लाग्छ । त्यही भएर सन्तानका लागि आमा-बुबाले जस्तोसुकै त्याग पनि गर्छन् । तर, यो भनाइ सबैका लागि समान रूपमा लागू नहुन सक्छ । समाजमा सन्तानलाई बेवारिसे छाडेर हिड्ने आमा-बाबुको कमी छैन । आफ्नो जिउँदो सन्तानलाई चिहानघारीमा फाल्ने आमा-बाबुपनि भेटिन्छन् समाजमा ।
पथरीको जंगलमा अलपत्र अवस्थामा भेटिएका एक बेवारिसे बालकलाई हेर्नेहरू यस्तो सोच्न बाध्य हुन्छन् । बोल्न नसक्ने र शारीरिकरूपमा अशक्त देखिने ती बालकलाई आफन्तले जंगलको चिहानघारीमा फालेपछि अहिले उनी साहराको खोजीमा छन् । गत कात्तिक १७ गते पथरीको जंगलबाट उद्धार गरिएका करिब पाँच वर्षीय बालकलाई खोज्न कोही पनि आएका छैनन् । कोशी अञ्चल अस्पतालको बच्चा वार्डमा बालक अलपत्र परेका हुन् ।
जंगलको चिहानघारीमा अलपत्र बालक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जिल्ला बालकल्याण समितिसँग समन्वय गरी उपचारका लागि अञ्चल अस्पतालमा ल्याएको थियो । उपचारमा ल्याइएका ती बालक अहिले स्वस्थ्य भएका छ्न् । तर, हालसम्म अभिभावकको टुंगो नलागेकाले बालकलाई कसको जिम्मा लगाउने भन्ने समस्या परेको अस्पतालले जनाएको छ ।
त्यसो त पूर्व क्षेत्रमा अनाथ आश्रम पनि नभएका होइनन् । तर, बालक बोल्न र हिँडडुल गर्न नसक्ने भएका कारण हालसम्म कसैले पनि लैजान मानेका छैनन् । डोनेसनको भरमा चलेका अनाथ आश्रमले लैजान नमानेपछि बालक अस्पतालमै बेवारिस बनेका हुन् ।
गत १७ गते अस्पतालमा ल्याइएका ती बालकलाई कसैले नलगेपछि हालसम्म बच्चा वार्डमै राखिएको अस्पतालकी नर्स रञ्जिता हुमागाईले बताइन् । उनले भनिन्, ‘कसैले लैजान मानेका छैनन् । त्यही भएर यहीँ राखेका छौँ ।’
कालो वर्णका ती बालकको कम्मरमुनिको भाग सुकेको देखिन्छ । उनी बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । सुरूमा उनलाई एक वर्षको भनेर अस्पतालमा भर्ना गरिएको भएपनि शारिरिक बनावट हेर्ने हो भने पाँच बर्षको जस्तो देखिने अस्पतालले जनाएको छ । http://www.onsnews.com/child-thrown-by-his-parents/

Friday, October 30, 2015

यस्तो पो प्रेम

यस्तो पो प्रेम
विराटनगर, २ फागुन(ओएनएस) :  प्रणय दिवस नजिकिदै गर्दा प्रेम अन्धो हुन्छ भन्ने उदाहरण देखाइदिएका छन् शारीरिक रूपमा अपाङग विजय प्रधान र सपाङग मनिशा महर्जनको जोडीले । शारीरिक रूपमा अशक्त विजयसँग विवाह गरेर मनिसाले प्रेम-अन्धो हुन्छ भन्ने उदाहरण दिएकी हुन् । उनीहरुको जोडी बानिदिएको हो फेसबुकले ।
P1310287१८ बर्ष लगातार विजयको उपचार गर्दा खुट्टा नचलेपछि विराटनगर शान्ति चोकका रामबहादुर प्रधानले आफ्नो एक्लो छोराको बिहे हुन्छ भन्ने कहिलै सोचेका थिएनन् । जन्मेको ८ महिनादेखी खुट्टा नचल्ने छोराको उपचारमा उनी १८ बर्षसम्म नेपाल र भारतका अस्पतालहरुमा भौतारिए । तर, उनको छोराको खुट्टा चल्न सकेन । छोराको खुट्टा जाती नभएपछि उनी सधै सोच्ने गर्थे, ‘ बाबुआमाले त सकुनजेलसम्म हेर्छौ तर हाम्रो सेखपछि कस्ले हेर्छ ।’ अब भने रामबहादुरले छोराको स्याहार गर्ने एक सक्षम बुहारी पाएका छन् । बुहारी जुराइ दिएको हो फेसबुकले ।
दुवै खुट्टा चल्न नसक्ने विराटनगर शान्ति चोकका विजय प्रधान ह्विलचेयरको साहरामा मात्र हिडडुल गर्न सक्छन् । ह्विचेयरको साहरामा हिडेपनि प्रविधी सम्बन्धी जानकार उनले आफ्नो जाडी आफै खोजेका हुन् फेसबुकको माध्ययमबाट ।
P1310289२२ बर्षे शारीरिक रूपमा असक्त प्रधानले ललितपुर ठेचो–२ की मनिसा मर्हजनसँग विवाह गरेका हुन् । प्लस टु अध्ययन गर्दै आएकी सपाङग महर्जनले शारिरिक रुपमा अपाङग विजयसँग बिहे गरेकी हुन् ।
एक बर्ष अघि फेसबुकबाट चिनजान भएका उनीहरूले यसै साता विवाह गरे । फेसबुकबाट नजिकिएका  उनीहरुले मंगलबार विवाह गरेका हुन्  । मनिशा एकसाता अघि शुक्रबार काठमाडौबाट विराटनगर विजयको घरमा आएपछि उनिहरुको विवाह गरिदिएको बुबा रामबहादुरले जानकारी दिए ।
P1310294विजय फेसबुकबाट माया बसेपछि विवाह गरेको बताए । उनले भने ‘ सुरूमा आफु अपाङग छु भन्ने कुरा लुकाए । पछि सबै कुरा सुनाएर मलाई स्विकार गर्छौ भनेर सोधे उसले गर्छु भनिन् ।’
आफूहरूले साँचो माया गरेका कारण विवाह भएको उनले बताए । उनले थपे, ‘सुरूमा विश्वास नै लागेको थिएन् उनी आउँछिन भनेर । फेसबुक त मेरो लागि भगवान नै हो । मलाई जोडी बानाइदियो ।’
व्यापारीक घरानाकी छोरी मनिशा आफूले साँचो माया गरेका कारण सबै त्यागेर आएको बताइन् । उनले भनिन् ‘ फेसबुक मै भएपनि हाम्रो ‘ट्रु  लभ’ थियो । माया बसेपछि परिवार त्यागेर आँए ।’
P1310276फेसबुकमा उनीहरूबीच कुराकानी भएपनि एक अर्कालाई प्रत्यक्ष रूपमा देखेका थिएनन् । उनीहरूको भेट कहिलै भएको थिएन् । उनले थपिन, ‘विजयले च्याटमा आफू अपाङ्ग छु भन्थ्यो । मैलेपनि केही न केही समस्या होला भन्ने सोचेको थिए । शारीरिक रुपमा जस्तो भएपनि मन सफा भएपछि विवाह गर्ने निर्णयमा पुगे ।’
साँचो मायाका अगाडी शारीरिक स्वरूपले केही फरक नपार्ने उदाहरण बनेका छन् मनिशा र विजयको जोडी । विजयले काम गर्न नसकेपनि आफू पसल गरेर श्रीमानलाई पाल्ने मनिसा बताउँछिन् ।
विगतलाई सम्झिदै उनले भनिन् ‘ घरपविारमा पनि मलाई राम्रो गदैनथे । सुरुमा विजयप्रति वास्तै लाग्दैनथ्यो । तर, बोल्दै गएपछि छोड्न सकिन र सँगै जीवन बिताउन आए ।’
P1310279काठमाडौबाट भागेर विराटनगर आएकी उनलाई छुटाउन भन्दै आफन्तहरू आएका थिए गत सोमबार तर, उनी फर्कन मानिन् । उनी घर जान नमानेपछि मंगलबार विवाह गरिदिएको बुबा रामबहादुरले बताए ।
फेसबुकले गर्दा आफुले नसोचेको कुरा पुरा भएका विजयका बुबा रामबहादुरले बताए । उनले भने ‘ मैले छोराको बिहे होला भन्ने सोचेको थिएन् । तर, फेसबुकले मेरो छोराको जोडी जुराइदियो ।’
छोराको बारेमा सबै कुरा फोनमै मनिसालाई बताउँदा स्विकार गर्ने भएपछि विवाह गरिदिएको उनले सुनाए ।
पूर्व भारतीय सेना रामबहादुरले भने ‘मनिशाका बुबापनि आएका थिए । छोरी घर फर्कन मानिन् ।’  कक्षा ८ सम्म अध्ययन गरेका विजयलाई क्म्युटरको हार्डवेयर सम्बन्धी राम्रो ज्ञान छ । उनले भने, ‘ अझै कम्प्युटर हार्डवेयर सिकेर सक्षम बन्छु ।’

तनाव नलिएकै बेस

 विराटनगर/ संविधान निर्माणमा असन्तुष्ठी जनाउदै मधेसी मोर्चाले गरेको अनिश्चित कालिन बन्दका कारण मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको छ । अढाई महिना यताको तराई बन्दले गर्दा मानिसको दिनचर्यामा पारेको प्रभावस“गै मानिसमा मानसिक समस्या देखा पर्न थालेको हो ।

लामो समय सम्म बन्द हुदा मानिसमा सामान्य खाले मानसिक रोगको समस्या देखिन थालेको हो ।
मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार पछिल्लो समय  उद्योगी, व्यवसायीदेखि शिक्षक र  दैनिकी काम गर्ने मजदुरहरुमा मानसिक समस्या देखा पर्न थालेको  छ ।
आफनौ दैनिकीमा व्यस्त रहने मानिस बन्दका कारण अनेकथरी सोची रहेने गर्दा मानसिक समस्या देखा पर्न थालेको उनको भनाई छ ।  उनले भने ‘‘बन्दका कारण दैनिक २÷३ जना पेसेन्टहरु परामर्शकालागि  आउने गरेका छन् ।’
बन्दले गर्दा व्यापारमा घाटा खाएकाहरु र मजवरी गर्न नपाएकाहरु निन्द्रा नलाग्ने, छटपटी हुन, अनावश्यक सोच्ने गर्दा मानसिक समस्या देखिन थालेको उनले बताए । ‘ दैनिक दुई तिन जना नया पेसेन्ट आउछन्, ‘ उनले भने ‘ धेरैलाई परामर्श र  कसैकसैलाई निन्द्रा लगाउने  औषधी दिनु परेको छ ।’  
बन्दका कारण उद्योगी,  व्यवसायी देखी मजदुरहरुपनि मनोचिकित्सकको परामर्श लिन थालेको  उनले बताए । कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उनले भने ‘ बन्दले धेरैको दैनिकीलाई नकारात्मक असर गरेको छ । जसलाई तनावको रिएक्सनले भन्छौ ।’
बन्दका कारण ज्यालादारी मजदुर र व्यापारमा घाटा भएका मानिसहरु नजानिदो रुपमा मानो रोगको शिकार बनिरहेका छन् । उनले भने‘ बन्दले गर्दा  व्यापार व्यावसायमा नोक्सान भोगेकाहरुमा अनावश्यक तनाव बढि देखिने गरेको छ । ’
 बन्दका कारण मानिसमा अल्छीपन देखिने नया कुरा सोच्न नसक्नु, अनावश्यक चिन्ता लिनु मानसिक समस्याको  कारण भएको उनि बताउछन् । त्यस्तै निन्द्र नलाग्नु, तौल घटिरहनु, काममा जागर नहुनु, सरसफाइ गर्न ध्यान नदिनु, यौन इन्छ कम र बढि हुनु मानसिक रोगको कारण हुन सक्छ
मानिसको लवाई खवाईलेपनि मानोरोगी बढाउने गरेको उनको भनाई छ ।
 अनावश्यक नसोच्नु, कुनै धेरै समय गम्भिर नहुनु र सकारात्मक सोचको विकास गर्न सके यस्ता समस्या कम हुने उनको भनाई छ ।

Wednesday, October 28, 2015

बधाई छ,, महिलालेपनि पाउनु पर्छ अवसर

११ कात्तिक, काठमाडौं ।
नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।
बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराए अनुसार भण्डारीले ३२७ मत पाएकी छन् । विद्यालाई एमालेका साथै एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन छ ।
उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । गुरुङलाई कांग्रेस बाहेक केही साना दलको मात्र मत परेको छ ।
राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसद मध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत बदर भएको छ

विराटनगरमा बन्दको प्रतिकारमा व्यापारी

विराटनगर,
११ कात्तिक: अढाई महिना यताको बन्दले आजित बनेका विराटनगर मेनरोडका व्यापारीहरू बन्दको प्रतिकारमा उत्रिएका छन् । बन्द गराउदै हिडेका मधेसी मोर्चाका कार्यकर्ता विरुद्ध व्यवसायी प्रतिकारमा उत्रिएका हुन् ।
विराटनगर मेनरोडमा बन्दको प्रतिकारमा व्यापारी उत्रिएपछि बन्दकर्ता र व्यवसायीबीच बुधबार झडपको स्थिती सिर्जना भएको छ ।
बुधबार साढे ११ बजे बन्द गराउँदै हिडेका मधेसी मोर्चा र व्यवसायीबीच झडपको स्थिती सिर्जना भएपछि दुवै पक्षलाई लखेटेको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले भने, ‘ झडप हुन दिएनौ दुवै पक्षलाई तितरवितर बनायौ ।’