Wednesday, February 17, 2016

मेघाका बाबुको याचना

को भेटिएला मनकारी





दुवै हात गुमाएकी मेघा
हरि अधिकारी 
विराटनगर फाल्गुन –बन्दै गरेको घरको नक्सा पास हुदैन भनेपछि जेठानी र सासुरा  घरको छत हेर्न गएकी थिइन उनि । आफनै घरको छत हेर्न गएकी उनको जिवना नराम्रो घटना घट्यो । सामान्य अवस्थामा छत हेर्न गएकी उनि व्युझदा अस्पतालको बेडमा थिइन ।
गत पुस २५ गते जेठानी सर्मिला र सासु पार्वतीका साथ विराटनगर ११ की १८ बर्षिय मेघा कार्की बन्दै गरेको आफनो घर हेर्न गएकी थिइन । घरको छतमा पुगेपछि उनलाई अचानक हाई भोल्टेजको करेन्ट लाग्यो । ‘नगरपालिकाका कर्मचारीले हाइ भोल्टेज तार नजिकै रहेको भन्दै घर नक्सा पास गर्न मानेका थिएनन् । करेन्ट लागेर दुवै हात गुमाएकी मेघाले भनिन ‘ छत हेर्न गएका थियौ । होस आउदा अस्पतालमा थिए ।’
छतमा जादा अचानक उनले तार छोएपछि उनि छतमा नै ढलेकी थिइन् । करेन्ट लागेर ढलेपछि उनलाई न्युरो अस्पताल भर्ना गरियो । न्यूरोले उपचार गर्न नसक्ने भएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर धरानमा जटिल केस भएको भन्दै उपचार सम्भव नभएपछि काठमाण्डौ टिचिङ हस्पिटलमा लगिएको थियो । करेन्ट लागेको दुई दिनपछि पुस २७ गते सोमवार अस्पतालले दुवै हात काम नलाग्नै भन्दै काटेर फ्यालिदिए ।
सामान्य परिवारकी उनको दुवै हात काटिए पछि अहिले उपचारमा समस्या भएको छ । ‘साढे तिन लाख खर्च भइसक्यो । बुबा पर्शुराम घिमिरेले भने ‘अझै कति खर्च लाग्ने हो टुङगो छैन् ।’ आर्थिक अभावका कारण छोरीको उपचार गर्न समस्या भएको उनले गुनासो छ । उनले भने ‘ १५ /१५ दिनमा काठमाण्डौ जानु पर्छ । खर्च छैन के गर्नु ।’
डिभिजन सहकारी कार्यालयका कार्यालय सहयोगी घिमिरे छोरीको उपचारकालागि सहयोगी हातहरु खोजी रहेका छन् । ‘ डाक्टरले एउटा हात जोडन सकिन्छ भनेका छन् । भावुक हुदै घिमिरेले भने ‘ पैसा छैन कहाबाट ल्याउनु ।’ छोरीको उपचार गर्न आर्थिक अभाव भएपछि सहयोग माग्दै हिडेको उनले बताए ।
हात जोडन सक्ने प्रविधी अमेरीका र जर्मनीमा भएपनि आफना लागि आकाशको फल आखा तरी मर भनेजस्तै भएको उनले गुनासो गरे ।
दुवै हात गुमाएकी मेघाको हेरचाह उनकी आमा पदमाले गर्दैछिन । खानपिन दिसापिसाव अरुले नै गराउनु पर्छ । आमा पदमाले छोरीको हेरचाहाकालागि गर्दै आएको काम नै छाडिन । मेघाकी आमा हाटखोलाको सतानिय एक उद्योगमा काम गर्छिन । छोरी अशक्त भएपछि काम छाडेर छोरीको हेरचाहमा लागेको उनले बताइन् । ‘ कतै चिलायो भनेपनि अरुले नै कन्याइदिनु पर्छ ,‘ उनले भनिन एउटा हात जोडन पाए कमसेकम केही आड त हुन्थ्यो ।’
गत फागुन १९ गते विवाह गरेर दिइएकी छोरीको दुवै हात गुमेपछि अहिले माइतमा नै राखेर उपचार गराई रहेको पर्शुरामले बताए । पर्शुरामलाई उपचार स“गै छोरीको भविष्यको चिन्ताले सताएको छ । भावुक हुदै उनले भने ‘ हामी छउनजेल त हेरचाह गर्छाै । त्यसपछि के हुन्छ । हात जोडन सके त केही सहज हुन्थ्यो होला ।’

No comments:

Post a Comment