Tuesday, June 21, 2016

छात्रावासमा विकृति बढ्दै छ

विराटनगर 
–एक वर्षअघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको छात्रावास बन्द भयो । भूकम्पले भत्किएका कारण बन्द गरिएको भनिएपनि भित्री कारण छात्रावासमा हुने झगडा नै थियो । दिनहुँजसो हुने झगडाको कारण क्याम्पस प्रशासन आजित थियो र भूकम्पले भवन चर्काएपछि छात्रावास नै बन्द गरियो ।
करिव पाँच महिनाअघि पूर्वी मोरङको एक निजी विद्यालयको होस्टल ­छात्रावासमा एसएलसी परीक्षा दिन बसेकी एक छात्रा गर्भवती भएको घटना बाहिर आयो । बाहिरी मान्छेलाई प्रवेश निषेध गरिएको सो छात्रावासमा विद्यार्थी गर्भवती भएको घटनापछि मिलाइएको थियो ।
– करिब चार महिनाअघि विराटनगर शान्ति चोकमा रहेको एक छात्राबासका विद्यार्थीहरुले नजिकै डेरा गरेर बसेका युवतीहरुलाई कोठामै गएर जिस्काएपछि सामान्य विवाद भयो । पछि त्यो समस्यापनि समाधान भयो ।
त्यस्तै विराटनगर सन्सारी माइस्थान नजिकै रहेको एक छात्रावासमा बस्ने विद्यार्थी कुलतमा फँसेको पाएपछि सञ्चालकले ती विद्यार्थीलाई कारबाही गरी छात्रावासबाट निकाले ।
यी केही  प्रतिनिधी घटनाहरुमात्र  हुन् । पछिल्लो समय छात्रावास चलाउने लहरसँगै विकृति पनि बढ्दो छ । छात्रावासमा विकृति बढेपनि यसको नियमन र सही व्यवस्थापनमा प्रशासनले चासो दिएको छैन ।
छात्रावासका कारण टोलको वातावरण बिग्रिन थालेकाले टोलवासीले छात्रावास सञ्चालकविरुद्ध प्रहरी प्रशासनमा उजुरी गर्नुपर्ने अवस्थासमेत आएको छ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा केही महिनापहिले विराटनगर आएका बखत उनीसमक्ष तीनटोलिया निवासी एक महिलाले गुनासो व्यक्त गरेकी थिइन् । जनताको गुनासो सुन्न आएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मासँग गरिएको सो गुनासोले नगरका अरूको पनि ध्यानाकर्षण गराएको छ । छात्रावासतर्फ कसैको ध्यान नगएको तर त्यहाँ धेरै विकृतिहरू बढ्न थालेपछि स्थानीय वासिन्दाले प्रहरी गुहार्न थालेका हुन् ।
बाहिर नियम एवम् व्यवस्थापन राम्रा र कडा लेखिएको भएपनि अधिकांश छात्रावासभित्र फितलो व्यवस्थापन छ । जसका कारण पढ्न बसेका विद्यार्थीहरु गलत बाटोमा लाग्ने सम्भावना पनि बढेको छ । छात्रावास सेवामुखी व्यवसाय हो । जहाँ असल मान्छे बनाउनका लागि विद्यार्थीलाई राखिन्छ । तर तिनै असल मान्छे बनाउन खोलिएका छात्रावासभित्र पछिल्लो समय विकृति बढ्दै गएको हो ।
धेरै ले मान्छे बनाउन भन्दापनि पैसा कमाउन छात्रावास सञ्चालन गर्ने गरेका छन् । एक विद्यार्थी नेता भन्छन् ।कमाउनका लागिमात्र होस्टेल चलाउन बढेपछि राम्रो अध्ययनका लागि त्यहाँ बसेका विद्यार्थी पनि गलत बाटोमा लाग्ने गरेका छन् ।’
छात्रावास बस्ने विद्यार्थीका लागि सही मातृत्व र उचित मार्ग निर्देशनको खाँचो हुन्छ । तर सही मार्ग निर्देशन नपाउँदा विद्यार्थीहरु गलत बाटोमा लाग्ने र कुलतमा फस्ने गरेका छन् । विद्यार्थीका लागि शिक्षक मातापिता दुवै हुनु पर्छ । शिक्षक हरि ढुब्गाना भन्छन् । विद्यार्थीलाई आमाको जस्तो माया र बुबाको जस्तो मार्ग निर्देशन दिन सकिएन भने विद्यार्थी गलत बाटोमा लाग्न सक्छन् ।’
छात्रावास बसेर पढ्ने विद्यार्थी बालवालिका कै उमेरका हुन्छन् के सही के गलत छुट्याउन सक्दैनन् । १८ बर्वायताको छात्रावास अुनभव सुनाउँदै उनी भन्छन् । विद्यार्थीको भविष्य बनाउने थलो हो छात्रावास । तर सही मार्ग निर्देशन भएन भने बन्न आएका विद्यार्थी कुलतमा फस्छन् ।’
छात्रावासमा अधिकांश अभिभावकले तह लगाउन नसकेकाहरु बालबालिकाहरु बस्छन् भने कोही टाढा घर भएका र केही परिवारले समय दिन नसक्ने विद्यार्थीहरु बस्ने गरेको ढुब्गानाको अनुभव छ । छात्रावासका वार्डेन विद्यार्थीसँग पारिवारिक हुन नसके विद्यार्थीहरु बिग्रन सक्ने उनको बुझाइ छ ।
विराटनगरका कतिपय होस्टलहरुले विद्यार्थीलाई मोवाइल खुला छोडिदिएका हुन्छन् । विद्यार्थीको भविष्य बनाउन भन्दापनि पैसा कमाउने उद्देश्यले खुलेका छात्रावासहरुले सही रेखदेखमा चासो नदिंदा परिवारबाट टाढा बसेका विद्यार्थी के सही के गलत छुट््याउन सक्दैनन् र गलत बाटोतर्फ लाग्न सक्छन् ।
कतिपय शिक्षकहरु विद्यार्थीको चाहना बुझेर काम गर्दैनन्’ उनी भन्छन् । विद्यार्थीलाई सही मार्ग निर्देशन दिने हो भने उनीहरुको भावना बुझेर त्यही अनुसार काम गर्नुपर्छ । आफ्नै कुरामात्र लाद्न विद्यार्थीमा नकारात्मक प्रभाव पर्छ ।’
विद्यार्थीहरु स्वाभावले नै विपरीत लिब्गीप्रति आकर्षित हुन्छन् । परिवार र आमबुबााबाट टाढा बसेकाहरु माया सद्भाव र विश्वासका लागि विपरीत लिबगीप्रति बढी आकर्षित हुने गर्छन् । त्यस्तो आकर्षण त्यो उमेरको आवश्यकता भएको ढु्ब्गाना बताउँछन् । तर यस्ता कुरामा विद्यार्थीलाई बुझाउन नसके समस्या निम्तिन सक्ने उनको बुझाइ छ ।
छात्रावास सञ्चालनसम्बन्धी स्थानीय स्वायत्त शासन ऐनमा उल्लेख नभएको विराटनगर उपहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी बताउँछन् । छात्रावास दर्तासम्बन्धी नगरपालिकामा कुनै प्रावधान नभएको उनले बताए ।
उपमहानगरपालिकाको वेभसाइटमा १२ वटामात्र छात्रावासको नाम सूचिकृत गरिएको छ । तर विराटनगरमा दुई दर्जन हाराहारी छात्रावासहरु छन् । कार्यकारी प्रमुख रेग्मी छात्रावास सञ्चालकहरुले संगठन बनाएको आफूले जानकारी पाएको बताए । संगठनलाई वैधानिक रुपमा दर्ता गरेर अघि बढ्न आफूले सल्लाह दिएको उनले बताए । छात्रावास सञ्चालनसम्बन्धी स्पष्ट कार्यविधि नभएपनि नगरक्षेत्रभित्र हुने हरेक गतिविधिको निगरानी राखिएको उनले बताए ।
छात्रावासमा विकृति बढेको गुनासो नआएपनि त्यसतर्फ निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक योगेन्द्र थापा बताउँछन् । लिखित उजुरी नआएपनि सम्भावित घटनालाई नियन्त्रण गर्न सवै क्षेत्रमा निगरानी बढाएको उनको भनाइ छ ।

No comments:

Post a Comment