Tuesday, December 8, 2015

विराटनगरको पत्रकारिता इतिहास र विकासक्रम

धन्यवाद
महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगर परिवार र विषेशगरी पत्रकारिता प्राध्यापन गराउने कमल पौडेयाल सर प्रति आभारी  छु ।  प्रथमबर्षको प्रयोगात्मक परिक्षाका निम्ती मलाई विराटनगरको पत्रकारितको इतिहासको विषय खोजी गर्न लगाउनु भएकोमा कलम सर प्रति आभार प्रकट गर्दछु ।  
विराटनगरको पत्रकारिताको पुराना पुस्ताका  पत्रकाररिताप्रति चासो राख्ने व्यक्तीलाईमात्र जानकारी  छ । नया पुस्ताले इतिहासको जानकारी लिन खासै चासो देखाएको छैन् । विराटनगरको पत्रकारिता इतिहासलाई उल्लेख गर्न पाउदा आफुलाई भाग्यमानि ठान्छु किनकी मैले यसअघि इतिहासको बारेमा जान्ने काशिष गरेको थिइन् । 
नया पुस्तालाई विराटनगरको इतिहाससँग जोडिएको पत्रकारिताको विकासक्रमका बारेमा जानकारी लिन यो अध्ययनले केही मद्धत पुग्ने विश्वास मैले लिएको छु । अध्ययन भित्र विराटनगरका पत्रकारिता क्षेत्रका अग्रज व्यक्तीहरु सँग सल्लाह गरेर तयार पारिएको हो । यस भित्र विराटनगरसँग मोरङ जिल्लाका मोफसलका क्षेत्रहरुको बारेमा पनि थोरै अटाउने प्रयन्त गरेको छु ।  अध्ययन र सामाग्री संकलनका निम्ती सहयोग गर्नु हुने साथीहरु प्रति आभारी छु  ।
अन्त्यमा देशकै ठुलो औद्योगिक सहर विराटनगरको हराउनै लगेको पत्रकारिताको इतिहासको अध्ययन र संकलनका निम्ती जिम्मेवारी दिनु हुने  सम्पूर्णलाई धन्यवाद











विषयसूची
१   आम सञ्चार
२   विश्व पत्रकारिताको इतिहास
३   नेपालमा पत्रकारिताको इतिहास
४   विराटनगरको पत्रकारिताको इतिहास
५   विकाशक्रम र विगतदेखि  वर्तमान
६   दर्ता भएका पत्रिकाहरु
७   व्यवस्थित हुन सकेको सञ्चारक्षेत्र

८   निष्कर्ष

९   सुझाव











आम सञ्चार
सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, बिचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । यसर्थ एकअर्काबीच सूचना, बिचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो ।

विश्व पत्रकारिताको इतिहास

विराटनगरको पत्रकारिताको इतिहास जान्नु अघि  विश्व पत्रकारिता इतिहास र नेपालको पत्रकारिताको इतिहासको बारेमा केही बुझन जरुरी ठानेर केही तथ्यहरु प्रस्तुत गरेको छु । विश्व पत्रकारिताको इतिहास इन्टरनेट र पुस्तकको सहयोगमा  संकलन गरेको हो ।


तसर्थ  विश्व इतिहासको बारेमा केही जानकारी–  सञ्चारको उद्भव कहिले भयो भनेर पत्ता लगाउन कठिन छ । किनकि यस पृथ्वीमा तीन लाख वर्ष पहिले भाषाको प्रारम्भ भएको अनुमान गरिन्छ । ३५ हजार वर्ष पहिले गुफावासीहरुले बोलीका माध्यमबाट सञ्चार गरेका थिए भन्ने विश्वास छ ।
इसा पूर्व ५०००–४००० को बीचमा मानिसहरुले संकेतद्वारा आफ्ना विचारहरुलाई अभिव्यक्तिको माध्यम बनाउन थालेका थिए । त्यसपछि मात्र लिपिको विकास भएको  मान्यता छ ।
इ.पू.४०० वर्ष पहिले ग्रीकको राजधानी एथेन्समा स्थानीय घटनालाई जानकारी गराउने उद्देश्यले ढोल बजाउँदै कराएर ओटोलिकसले सञ्चारको कार्य गरेका थिए ।
प्राचीन युगमा देवर्षी नारदले देव–दानव बीच खबरको आदान–प्रदान गर्ने कार्य गरेका थिए । उनको यस किसिमको भूमिका पनि सञ्चारकै हो । प्राचिनकालमा रोम साम्राज्यमा हातैले लेखेर सूचना निकालिन्थ्यो र सार्वजनिक ठाउँमा टाँसिन्थ्यो भन्ने विश्वास छ ।
 इ.पू ४५० मा  चीनमा अक्षरहरुको विकास भैसकेको थियो । यसको केही वर्षपछि जापानमा बुद्धका सन्देशहरु संग्रहीत प्रकाशित सुरु भएको मान्यता छ ।  त्यतिबेला काठको ब्लक बनाई हातैले छाप्ने प्रचलन थियो  । ई.पू ५९ मा दैनिक घटना जानकारी दिने उद्देश्यले ‘एक्टा डिउर्ना’ प्रकाशित  भएको थियो । यसैलाई सबैभन्दा पुरानो अखबार मानिन्छ । 
 अर्कातिर सामान्य अर्थमा पत्रपत्रिकामा लेख्ने कामलाई पत्रकारिता भनिन्छ । तर व्यापक अर्थमा पत्रकारिता भन्नाले सूचना,सन्देश वा जानकारी संकलन तथा सम्पादन गरी प्रकाशन वा प्रसारण गर्ने कार्यलाई बुझिन्छ । यस अन्तर्गत विभिन्न किसिमका पत्रपत्रिकाहरु, रेडियो, टेलिभिजन आदिबाट प्रकाशन तथा प्रशारण गरिने सामाग्रीहरु समेटिन्छन् ।
पत्रकारिता आफनो  मौलिक अर्थमा होइन, अंग्रेजीमा प्रचलित जर्नालिज्म शब्दको समानार्थीका रुपमा र एक पारिभाषिक शब्दका रुपमा नेपालीमा प्रयोग गरिएको छ । यो शब्द फ्रान्सेली भाषाको जर वा जर्नल शब्दबाट बनेको हो ।
पत्रकारिता एउटा कला हो । पत्रकारले दिनभरिका घटनाहरु, उक्त घटनासम्बन्धी समाचार एवम् नयाँ परिवर्तनका सम्बन्धमा आफनो विचार र त्यससम्बन्धी विश्लेषण प्रस्तुत गर्दछ । पत्रकारितालाई सूचना, समाचार, शिक्षा र मनोरञ्जनको भरपर्दो स्रोतका रुपमासमेत लिइन्छ ।
पत्रकारिताका माध्यमबाट जनमत निर्माण, परिचालन गर्ने मात्र होइन सरकारलाई सचेत पार्न सकिन्छ ।
तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो । त्यसपछि मध्य युगको आरम्भ भयो । लेखनका साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो ।  आजको पत्रकारिता वैज्ञानिक युगको सामूहिक देन हो । कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ ।
छैटौं शताब्दीमा चीनबाटै‘   ‘सित्गपाओ’ मासिक पत्र प्रकाशित भएको थियो । त्यसैले यसलाई नै संसारको पहिलो पत्रिका भनिन्छ । सन् १४५० देखि युरोपमा पत्रकारिताको सुरु भयो । संयुक्तराज्य अमेरिकामा प्रकाशन प्रारम्भ हुनुभन्दा अघि नै मेक्सिकोमा १५४१ तिर समाचार सिटहरु छापिन थालेका थिए ।
छिमेकी देश भारतमा २९ जनवरी १७८० मा प्रकाशित साप्ताहिक पत्रिका‘ हिकिज बंगाल गजेट’ नै पहिलो पत्रिका हो ।






नेपालमा पत्रकारिताको इतिहास
विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो । भारतभन्दा झन्डै तीन सयबर्ष पछाडि मात्र नेपालमा छापाखानाले प्रवेश गरेको हो ।
भारतमा सन् १५५० मा प्रेसले प्रवेश पायो भने नेपालमा सन् १८५१ तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्यायपछि मात्र विधिवत् रुपले प्रवेश पायो । यसैलाई गिद्धे प्रेस भनिन्छ । गिद्धको जस्तो पखेटा र सो अंकित लोगो भएकोले गिद्धे प्रेस भनिदै आएको हो ।
फेरि पनि छापाखाना पहुंच नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ । यसपछिको अर्को छापाखानाको नाम हो ‘मनोरञ्जन छापाखाना’ ,  गिद्धेप्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याईएको थियो । यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा  भएको हो । 
साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थाले । यसैबीच उनको १९५२मा निधन भएपनि पण्डित नरराजहरूले १९५५मा सुधासागर प्रकाशित गरे गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि वि.सं.१९४२ मा ‘गोर्खा भारत जीवन’ नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए ।  यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यस्को विकासक्रम भएको देखिन्छ ।
यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ । नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ ।‘सुधासागर’पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोर्खापत्र’ हो । यो सन् १९०१मा प्रकाशित भएको थियो । गोर्खापत्र अझै पनि निरन्तर प्रकाशित भैरहेको छ । त्यसयता २००७ सालको क्रान्ति र २०४६ सालको आन्दोलन पश्चात नेपालमा प्रविधीको विकाससँगै हरेक क्षेत्रमा च्याउसरी सञ्चार माध्ययमहरु उम्रिका छन् ।


विराटनगरको पत्रकारिताको  इतिहास

विराटनगरको इतिहासमा सवैभन्दा पहिले सञ्चार माध्ययमको रुपमा रेडियोको स्थापना भएको थियो । २००७ सालको जहानीय राणा साशनको विरुद्ध तत्कालिन विद्रोही नेपाली कांग्रेसले विराटनगरको जुट मिलबाट नेपाल प्रजातान्त्रिक रेडियोको (हाल रेडियो नेपाल)को प्रशारण सुरु गरेको विभिन्न तथ्यहरु फेला परेका छन् ।  
नेपाल र बाहिरी देशको इतिहास हेर्ने हो भने  बिद्युतीय पत्रकारिता भन्दा छापा पत्रकारिता नै अगाडि सुरु भएको थियो । विद्युत भन्दा छापा माध्ययम नै जेठो हो तर विराटनगरको पत्रकारीता र सञ्चार माध्यमको सुरुवात भने छापा माध्यमको भन्दा अगाडि विद्युतीय माध्ययमको रेडियो सुरुवात भएको हो । रेडियोको सुरुवात भएपछि मात्र पत्रपत्रिकाको सुरुवात भएको हो ।
२००७ सालमा जहानियाँ राणा शासनबिरुद्ध जनक्रान्तिको आह्वान भएपछि वि.सं.२००७ साल मंसिर २५ गते नेपाली कांग्रेसका नेता तारिणीप्रसाद कोइरालाको अगुवाइमा रेडियोको  प्रशारण सुरु गरिएको थियो ।

विकासक्रम

तत्कालिन समयमा नेपालकै जेठो र विराटनगरको  परिचयको रुपमा  विराटनगर–२२मा स्थापित   रघुपति जुटमिलबाट नेपाल प्रजातान्त्रिक रेडियोको स्थापना भएको थियो । उक्त रेडियो आकाशवाणी सेटबाट सर्टवेभको ४१ मिटर ब्याण्डबाट प्रसारण हुन्थ्यो । २००७ सालको क्रान्ति सफल भएर फागुन ७ गते प्रजातन्त्रको घोषणा भएपछि त्यो रेडियो बन्द भएको थियो ।  २००७ सालको क्रान्ति सफल भएपछि विराटनगरबाट सुरु भएको प्रजातान्त्रिक रेडियो  काठमाडौंबाट २००७ साल चैत्र २० गते  रेडियो नेपालको नाममा  स्थापना भएको थियो र सोही क्रमदेखि रेडियो नेपालको प्रशारण निरन्तर रुपमा सञ्चालित छ  । नेपाल कै पहिलो रडियोको रुपमा रहेको रडियो नेपाल सरकारी स्वामित्वमा सञ्चालित छ भने रेडियो नेपालको सुरुवात गरिएको स्थान रघुपति जुट मिल सञ्चालन हुन नसकेपछि बन्द गरिएको छ ।

 विगतदेखि  वर्तमान


नेपाल प्रजातान्त्रिक रेडियोको इतिहास छोटो भए पनि छापा पत्रकारिताभन्दा त्यसको इतिहास जेठो भएको विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीले आफना विभिन्न लेखहरुमा उल्लेख गरेका छन् ।
 पहिलो पत्रिका हुरी– पत्रपत्रिकाको इतिहास हेर्ने हो भने विराटनगबाट सुरु भएको रेडियो काठमाडांै लगिएको ठिक ५ बर्ष पछि  वि.संं.२०१२ बाट सुरु भएको पाइन्छ । तत्कालिन समयमा ‘हुरी’ नामक साप्ताहिक पत्रिका प्रकाशन सुरु भएको थियो । सो पत्रिकापनि धेरै समय टिक्न नसकेको पाइछ । विराटनगरको इतिहास हेर्ने हो भने आधिकांस पत्रपत्रिकाहरु निरन्तर प्रकाशित हुने गरेको पाइदैन । जहिलेपनि आर्थिक संकटबाट पिरोलिएका सञ्चार माध्ययमहरु व्यावासायीक हुन नसक्दा यस्तो समस्या आएको हो । पत्रपत्रिकाको प्रकाशन सुरुवातदेखि नै  आर्थिक रुपमले समस्याग्रस्त बनेका विराटगरका अधिकांशं सञ्चार संस्था अहिलेपनि धराशाही छन् ।
त्यही समस्याले गर्दा विराटनगरको  जेठो साप्ताहिक पत्रिका भए पनि हुरी धेरै समयसम्म बाँच्न सकेन । ऐतिहासिक प्रमाणहरूलाई हेर्दा उक्त पत्रिका जम्मा ३८ अंक निस्किएर बन्द भएको थियो ।
विराटनगरको पहिलो छापा माध्ययमको सुरुवात गर्ने व्यक्ति हदराज बोहरा हुन् । २०१२ सालमा स्थापना भएको हुरीको सम्पादक हदराज बोहरा थिए । तर सो पत्रिकाको प्रकाशन गर्ने जिम्मा पनि तत्कालिन नेपाल प्रजातान्त्रिक रेडिया सुरुवात गर्ने व्यक्ति  व्यक्ति तारिणीप्रसाद कोइरालाले गरेको पत्रकार मोहन भण्डारी बताउछन् ।
विरानगरमा २०१२ सालबाट मात्र छापा पत्रकारिता शुरु हुनाको कारण नेपालको पुरानो सहर विराटनगरमा पहिले छापाखाना थिएन । हुन त मोरङको सदरमुकाम विराटनगर १९७० सालमा विराटनगरमा आएको थियो । सहरीकरण बन्दै गएको विराटनगरमा पछिमात्र छापाखानाको स्थापना गरिएको थियो ।
राजनीतिक रूपले देशका अन्य सहरभन्दा विराटनगर धेरै अघि रहेपनि पत्रपत्रिकाको इतिहास धेरै लामो छैन ।   हरेक राजनीतिक परिवर्तनको नेतृत्व विराटनगरले र यहाँका कोइराला परिवारले लिएको थियो  भने सञ्चार माध्यम सञ्चालन र प्रकाशनको जिम्मापनि कोइराला परिवारले नै लिएको थियो भन्दा फरक नपर्ला ।
कोइराला परिवारले पत्रपत्रिका र रेडियो सुरु गरेको विराटनगरमा हुरी साप्ताहिक पत्रिका बन्द भए लगत्तै २०१२ सालमै कमलप्रसाद घिमिरेको सम्पादनमा ‘उज्यालो’ नामक अर्को साप्ताहिक पत्रिका प्रकाशन शुरु  भएको तथ्यहरु छन् । सो पत्रिकापनि निरन्तर प्रकाशन हुन सकेन ।  
विराटनगर चन्द्रप्रसाद नेपालले  चन्द्र प्रिन्टिङ प्रेस स्थापना गरेपछि पत्रपत्रिकाको छपाई सुरु भएको थियो । तर हुरी पत्रिका भने तारिणीप्रसाद कोइराला आफैले स्थापना गरेको कल्पना प्रिन्टिङ प्रेसमा छापिन्थ्यो ।
अग्रज पत्रकार मोहन भण्डारीले तयार पारेको आलेख अनुसार तारिणीप्रसाद कोइराला उनले निकाल्ने पत्रिका छपाइकालागि काठमाडौं जान्थ्यो ।
काठमाडौंको नयाँ सडक स्थित पिपलबोटमा विराटनगरबाट पठाइएको पत्रिका हारालुछ भएर बिक्री हुन्थ्यो । बहुआयामिक व्यक्तित्व तारिणीप्रसाद कोइरालाको मोरङको पत्रकारितामा ठूलो योगदान रहेको बताइएको छ ।
 मोरङ विशेष गरी विराटनगरको पत्रकारितालाई हेर्ने हो भने २०१२ सालदेखि २०१७ सालसम्म पत्रपत्रिको प्रकाशन थोरै हुन्थ्यो । भने २०१७ साल अर्थात पञ्चायती व्यवस्थामा प्रारम्भ पछि २०३६ सालसम्मको अवस्थामा पत्रिकाले केही विकास गरेको बताइएको छ ।
२०३६ साल पछि प्रजातान्त्रिक व्यवस्था लागू भएपछि नेपालको प्रेस स्वतन्त्रता लागू गरिएपछि केही फड्को मारेको बताइएको छ । त्यसबेला प्रेस स्वतन्त्रता लागू गरिएपनि  शासनको व्यवहार भने परिवर्तन भएको थियो । पछि २०४६ सालयता बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागू भएपछि प्रेस स्वतन्त्रता लागू गरियो ।
२०४६ सालको आन्दोलनपछि – २०४६ यता २०६२–६३ सालको दोस्रो जनआन्दोलन ताका विराटनगरमा थुप्रै पत्रिकाहरुको प्रकाशन भैसकेको थियो । २००७ सालदेखि हालसम्मको इतिहासलाई हेर्ने हो भने विराटनगरममा पत्र–पत्रिकाहरु आवश्यकता भन्दाबढि नै प्रकाशित  भए भन्न सकिन्छ । प्रविधिको विकाससँगै मानिसहरु व्यक्तिगत स्वार्थकालागि पनि सञ्चार प्रतिष्ठानको स्थापना गरेको पाइन्छ ।
६५ वर्षको विराटनगरको पत्रपत्रिकाको इतिहास हामीसँग छ । यो अवधिमा  सञ्चार माध्ययम खुल्दै बन्द भए । अहिलेपनि नयाँ खुल्न र बन्द हुनु कुनै नौलो कुरा होइन ।
२००७ सालमा राणा शासनको निरंकुशता समाप्त भएपछि नेपाली जनताले स्वतन्त्रता प्राप्त गरे । त्यसपछि पत्रपत्रिका प्रकाशन गर्ने लहर सुरु भयो । राजधानी बाहिर जिल्ला–जिल्लाबाट पनि पत्रपत्रिकाहरु प्रकाशित हुन थाले ।


विराटनगरमा पत्रकारिताको सुरुवाती अवस्थामा प्रकाशित पत्रिकाहरु

हुरी साप्ताहिक,
उज्यालो साप्ताहिक ,
आँधी साप्ताहिक,
चेतना साप्ताहिक ,
विश्वदर्शन साप्ताहिक
फिलिंगो दैनिक
राजहंस (हिन्दी) साप्ताहिक
जनमत (हिन्दी) साप्ताहिक
जनवार्ता साप्ताहिक
घटना दैनिक छन् ।
 मोरङमा  २०१२ देखी १७ साल सम्मको अवधीमा १० वटा प्रकाशित भए तर कुनैले निरन्तरता पाउन सकेनन् ।

२०१७ साल यता  निर्माण साप्ताहिक २०१८ सालबाट सुरु भएको थियो । सो पत्रिकालाई  वि.सं.२०१९ साल मंसिर ८ बाट दैनिक रुपमा प्रकाशित गरिएको थियो । २००७ सालमा रेडियो, २०१२ मा साप्ताहिक र २०१९ सालबाट दैनिक प्रत्रिकाको प्रकाश सुरु भएको मानिन्छ  सो अवधीमा चलेको पत्रिकाको रुपमा जनवार्ता, हिमालचुली  र कोशेली साप्ताहिकलाई लिन सकिन्छ । जनवार्ता र कोशेली पछि दैनिक भए तर हिमालचुली पत्रिका भने पछिसम्म साप्ताहिक रुपमै प्रकाशित भयो ।  उक्त पत्रिकाका सम्पादक विपिनदेव ढुंगेलको वि.सं. २०४५ भदौ २२ गते निधन भएपछि बन्द भएको थियो । पछि विपिनदेव ढुंगेलका छोरा ठाकुरदेव ढुंगेल सम्पादक/प्रकाशक भएर केही समय निकालेर बन्द गरे । त्यस्तै कुमारबहादुर श्रेष्ठको २०५३ साल फागुन २४ गते निधन भएपछि केही वर्ष प्रकाशित भएर कोशेली पनि बन्द भएको पत्रकार मोहन भण्डारीले आफनो लेखमा उल्लेख गरेका छन् ।
वि.सं.२०३६ सालको राजनीतिक आन्दोलन पश्चात देशमा जनमत संग्रह भयो । जनमत संग्रह बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विषयमा थियो । जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाले जित्यो । त्यसपछिको संविधानमा पत्रपत्रिका प्रकाशनमा केही खुकुलो बनाइएको थियो ।  त्यो अवसरमा देशभर धेरै पत्रपत्रिका दर्ता भए । मोरङमा पनि दुई दर्जनको हाराहारीमा पत्रिका दर्ता भएको जिल्ला प्रशासन कार्यालय मोरङको अभिलेखमा उल्लेख छ ।  त्यसबीचमा सवैभन्दा बढी पत्रिका २०३९ सालमा दर्ता भएका थिए ।
२०३६ सालमा पत्रपत्रिका दर्ता खुलुलो बनाइएपछि मोरङ ५ वटा साप्ताहिक र २१ वटा साप्ताहिक दर्ता भएर प्रकाशनमा आएका थिए । त्यसबो  नेपाल खबर, नयाँ प्रतिविम्व, कोशी दैनिक, निष्कर्ष, पञ्चशील दैनिक पत्रिकाको रुपमा प्रकाशित भए । तर ती केही समयपछि बन्द भए ।
त्यो बेला मोरङमा एकैपटक धेरै पत्रिका दर्ता भएको २०३९ सालको हो । राज्यले केही सुविधा दिएको कारणले पत्रपत्रिका प्रकाशन गर्नतर्फ होड चलेको  थियो
निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै २०४६ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको आरम्भभएपछि नेपालको सम्बिधानमै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरियो । त्यसअघि पत्रपत्रिका प्रकाशन गर्न निकै जोखिम थियो तत्कालीन समयमा सत्ता र शासन प्रणालीको विरोध गर्दा छापाखाना बन्द गरिने, पत्रकारलाई थुनामा राख्ने र पत्रिकाको दर्ता नै खारेज पनि हुन सक्थ्यो । त्यसैले पत्रपत्रिकामा लगानी गर्न कोही अघि सरेनन् । २०४७ साल पछि भने पत्रकारिता क्षेत्रमा लगानीको वातावरण बन्यो । मोफसलबाट पनि संस्थागत रुपमा पत्रिका प्रकाशन गर्ने क्रम शुरु भयो ।
त्यसपछि मोरङमा दर्ता भएका पत्रपत्रिकाहरू पनि व्यक्तिगत दर्ता नभई कम्पनी ऐन अन्तर्गत संस्थागत रुपमा पत्रिका दर्ता गरेर प्रकाशन शुरु भयो । वि.सं. २०४७ सालदेखि दोस्रो ऐतिहासिक जनआन्दोलन २०६२–०६३ सम्मलाई एक चरण मानेर हेर्दा त्यस अवधीमा १६ वटा दैनिक, ३७ वटा साप्ताहिक र १९ वटा पाक्षिक पत्रिका जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएका छन । त्यसका साथै पत्रपत्रिका प्रकाशन विराटनगरमा मात्रै सीमित नरही उर्लावारी, पथरी, बेलवारीलगायत ग्रामीण भेगबाट प्रकाशन गर्ने क्रम शुरु भयो ।
त्यसैगरी विराटनगरमा स्थापना भएको नेपाल प्रेस इन्स्टिच्युट अन्तर्गतको क्षेत्रीय सञ्चार स्रोत केन्द्रले जिल्ला–जिल्लामा तालिमहरुको आयोजना गरी धेरै पत्रकारहरुलाई व्यवसायिक दक्षता प्रदान गरेको थियो ।
ऐतिहासिक जनआन्दोलन ०६२–०६३ को सफलतासँगै २०६३ साल जेठ १५ गते लोकतन्त्रको घोषणा भयो र त्यस दिन पछि मुलुकबाट सदाका लागि राजतन्त्रको अन्त्य भएको घोषणा गरियो । राजा ज्ञानेन्द्रलाई जनताले सत्ताच्यूत गरे ।
विराटनगरको पत्रकारिताको चर्चा गर्दा राजनीतिक स्वतन्त्रतासँगै मोरङको पत्रकारिता विराटनगरमा मात्रै सीमित रहेन । उत्तरी भेगका उर्लावारी, पथरी, बेलवारी, विराटचोक,लेटाङ लगायतका ग्रामीण बजारहरू  शहरीकरण हुँदै गएकाले त्यस क्षेत्रबाट पनि पत्रपत्रिका प्रकाशन गर्ने जमर्को शुरु भयो ।यसका साथै उच्चमाविमा पत्रकारिता विषयमा पढाई सुरुवात हुन थाल्यो ।
अहिले आएर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा पत्रकारिताको स्नातक तहको पढाई सुरुवात भएकोले पत्रकारितामा व्यवहारिक ज्ञानका साथै सैद्धान्तिक ज्ञानमा पनि वृद्धि हुँदै गएको अवस्था छ  ।


              ०६२/६३ पछि दर्ता भएका दैनिक पत्रिका
धमाका
     विराटनगर टुडे (पछि विराट पथ बनाइएको)
   जनविद्रोह
  मधेश जागरण
 कोतपर्व
न्यू सृष्टि (साप्ताहिकबाट दैनिक)
मधेश, अब दैनिक र  उज्यालो पत्र हुन् ।

                                     साप्ताहिक
समाज नेपाल, समाजवादी आवाज, खुलस्त, साप्ताहिक समाचारपत्र, विजनेश लाइफ, जागो मधेश, ग्ल्यामर टुडे,  नई .., सौभाग्य मैथिली, निर्दिष्ट साप्ताहिक, मशाल दर्पण, अवरोह, कोशी कनेक्सन, सार्वजनिक मञ्च, सातौँ दिन, स्वतन्त्र विराट, मकालु टुडे, समकालीन पथ, विराटनगर सा., जनवादी आवाज, मैथिलके हुंकार, बिहीबारे फन, विराटनगर, क्राइम अप्रेशन हुन ।
                                 मासिक पत्रिका
                                 इन्क , तेश्रो पत्र, फ्रन्टलाइन
टेलिभिजन : मकालु टेलिभिजन
एफएम रेडियो : कोशी एफएम, बी एफएम,स्काई एफएम, रेडियो पूर्वेली, मकालु रेडियो, पूर्वाञ्चल एफएम, स्टार एफएम, नागरिक एफएम ।






व्यवस्थित हुन सकेन

पत्रपत्रिकाको प्रकाशको लहर चलेपनि व्यावसायीक बन्न सकेनन् । पहिलेको तुलनमा सञ्चार माध्यमहरु अहिले धेरै व्यापक भएपनि बजार क्षेत्र भने सानो छ । पत्रपत्रिको व्यावसायीक बन्न नसक्दा सञ्चार प्रतिष्ठानमा काम गर्ने  श्रमिकहरुको अवस्थापनि  कमजोर नै छ । व्यावसायीकतालाई हेर्दा सवैजसो पत्रिकाहरु घाटामा छन् । तर त्यसका सञ्चालकहरु भने फाइदामा छन् । सञ्चार माध्ययमको नाममा सिमित व्यक्तिले मात्र फाइदा लिएका छन् ।
६५ बर्षको इतिहासमा मुलुकले धेरै पटक काँचुली फेर्‍यो । राणाशासन, राजतन्त्र, लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ ।

 निष्कर्ष
विश्व पत्रकारिताको इतिहास हेर्ने हो भने नेपालको इतिहास निकै पछि छ । नेपालको पत्रकारिता पछाडी विकास भएकाले पनि हुन सक्न अहिले नेपाली पत्रपत्रिकाहरुले विश्व बजारमा प्रतिसपर्धा गर्न सकिरहेका छैनन् ।
नेपालमा प्रभावकारी कानुन नहुदा नेपाली मिडिया व्यावसायीक र समय अनुसार चल्न सकेका छैनन् ।  सञ्चारगृह व्यावसायीक र व्यवस्थित नहुदा त्यससँग आश्रित पत्रकार र अन्य श्रमिकहरु दु:खले जिवन चलाई रहेको अवस्था छ । अझ कतिपयले त सञ्चारगृहमा कामगर्ने मजदुरहरुलाई पारिश्रमिक पनि दिदैनन् । यसले के देखिन्छ भने सञ्चारगृह व्यवीथीत हुन नसक्दा समग्र पत्रकारितानै प्रभावित बनेको छ । एउटा श्रमिकले तलव नपाउदा आफनौ खर्च र आफु सँग आश्रीत परिवारको पालन पोषनमा समस्या आउनथालेपछि पेसा छाडेर पलायन हुने अवस्था छ । भने कतिपयले गलत कामपनि रोज्ने गरेका छन् ।
विश्वका ठुला देशहरुमा धेरै मिडियाहरु छैन । तर नेपालमा भने दुई तिन सय राष्ट्रिय दैनिकहरु छन् । तर हाम्रो विडम्बना नेपालमा ट्यापलेट साइजमा निस्कने ४ पेजका राष्ट्रिय दैनिकहरु छन् । तिनपनि व्यावसायीक छैनन् ।
पत्रकारितालाई व्यावस्थीत गर्ने निकय नहुदा जसलेपनि यो क्षेत्रमा प्रवेश गर्ने र केही समय काम गरेपछि पलायन हुने गरेका छन । अझ भन्ने हो भने कुनै क्षेत्रमा नविकेको मान्छे पत्रकारितामा छिरेका उदारणहरु पनि छन् । यसलाई नियन्त्रण र प्रवेश द्धारमा निगरानी गर्न जरुरी छ । प्रवेश द्धारमा निगरानी बढाएमात्र पत्रकारिताको व्यावसायीकता सम्भव छ । होइन भने चार पेजका राष्ट्रिय दैनिकहरु निस्कदै बन्द हुदै गर्छन । व्यावसायीक र व्यवस्थीत हुन सक्दैन् । जिम्मेवार पूर्ण पेसामा  अराजकता हावी हुदै जान्छ ।


सुझाव

–      पत्रकारितालाई समाजको ऐनाको रुपमा हेरिन्छ । तर सामाजको ऐनाको रुपमा काम गर्न के के योग्यता चाहिन्छ ? कानुन वनाउनु पर्छ ।
–      पत्रकारितामा अराजकता हावी हुन नदिन प्रवेश द्धारमा निगरानी गरिनु पर्छ । प्रवेश द्धारमा निगरानी नहुदा यो पेसाको महत्व खस्कदै गएको छ । अन्य व्यावसाय र जागिरहरुमा असफल भएकाहरु सोझै यो पेसामा आउन सक्छन् । तसर्थ व्यवसायीक र व्यावहारिक बनाउन प्रवेश द्धारमा निगरानी गरिनु पर्छ ।
–      सञ्चारगृहमा काम गर्ने श्रमिकहरुले तलव नियमित पाउदैनन् । पाएपनि दैनिकी गुजारा गर्न पुग्ने गरी पाउदैनन जसले गर्दा पत्रकारितालाई दाग लगाउने खालका काम गर्ने गर्छन ।
–      पत्रकारले गलत समाचार लेखेपनि पिडित पक्षले न्यायको लागि अदालत पुग्दापनि न्याय पाउने खालको कानुन छैन् । सञ्चारकर्मीलाई सामान्य जरिवाना र धरौटी तिरेर छुटन सक्छन् । तसर्थ गलत र तथ्य विना समाचार लेख्ने पत्रकारलाईपनि हदै सम्मको कारवाही गरिने कानुन बनाए मात्र समाचार लेख्न वा प्रकाशन गर्न सञ्चारकर्मी र सञ्चारगृह जिम्मेवार बन्छन ।
–      काम गर्ने मजदुरको तलव नदिने सञ्चार गृहलाई बन्द गरिनु पर्छ ।
–      सञ्चार गृह खोल्न कडाई गरिनु पर्छ । अहिलेको अवस्थामा जसलेपनि सञ्चारगृह खोल्न सक्छन् । कानुन बनाएर  अधिकतम धरौटी   तोक्नु पर्छ ।  

No comments:

Post a Comment