विराटनगर, २ फागुन(ओएनएस) : प्रणय दिवस नजिकिदै गर्दा प्रेम अन्धो हुन्छ भन्ने उदाहरण देखाइदिएका छन् शारीरिक रूपमा अपाङग विजय प्रधान र सपाङग मनिशा महर्जनको जोडीले । शारीरिक रूपमा अशक्त विजयसँग विवाह गरेर मनिसाले प्रेम-अन्धो हुन्छ भन्ने उदाहरण दिएकी हुन् । उनीहरुको जोडी बानिदिएको हो फेसबुकले ।
१८ बर्ष लगातार विजयको उपचार गर्दा खुट्टा नचलेपछि विराटनगर शान्ति चोकका रामबहादुर प्रधानले आफ्नो एक्लो छोराको बिहे हुन्छ भन्ने कहिलै सोचेका थिएनन् । जन्मेको ८ महिनादेखी खुट्टा नचल्ने छोराको उपचारमा उनी १८ बर्षसम्म नेपाल र भारतका अस्पतालहरुमा भौतारिए । तर, उनको छोराको खुट्टा चल्न सकेन । छोराको खुट्टा जाती नभएपछि उनी सधै सोच्ने गर्थे, ‘ बाबुआमाले त सकुनजेलसम्म हेर्छौ तर हाम्रो सेखपछि कस्ले हेर्छ ।’ अब भने रामबहादुरले छोराको स्याहार गर्ने एक सक्षम बुहारी पाएका छन् । बुहारी जुराइ दिएको हो फेसबुकले ।
दुवै खुट्टा चल्न नसक्ने विराटनगर शान्ति चोकका विजय प्रधान ह्विलचेयरको साहरामा मात्र हिडडुल गर्न सक्छन् । ह्विचेयरको साहरामा हिडेपनि प्रविधी सम्बन्धी जानकार उनले आफ्नो जाडी आफै खोजेका हुन् फेसबुकको माध्ययमबाट ।
२२ बर्षे शारीरिक रूपमा असक्त प्रधानले ललितपुर ठेचो–२ की मनिसा मर्हजनसँग विवाह गरेका हुन् । प्लस टु अध्ययन गर्दै आएकी सपाङग महर्जनले शारिरिक रुपमा अपाङग विजयसँग बिहे गरेकी हुन् ।
एक बर्ष अघि फेसबुकबाट चिनजान भएका उनीहरूले यसै साता विवाह गरे । फेसबुकबाट नजिकिएका उनीहरुले मंगलबार विवाह गरेका हुन् । मनिशा एकसाता अघि शुक्रबार काठमाडौबाट विराटनगर विजयको घरमा आएपछि उनिहरुको विवाह गरिदिएको बुबा रामबहादुरले जानकारी दिए ।
विजय फेसबुकबाट माया बसेपछि विवाह गरेको बताए । उनले भने ‘ सुरूमा आफु अपाङग छु भन्ने कुरा लुकाए । पछि सबै कुरा सुनाएर मलाई स्विकार गर्छौ भनेर सोधे उसले गर्छु भनिन् ।’
आफूहरूले साँचो माया गरेका कारण विवाह भएको उनले बताए । उनले थपे, ‘सुरूमा विश्वास नै लागेको थिएन् उनी आउँछिन भनेर । फेसबुक त मेरो लागि भगवान नै हो । मलाई जोडी बानाइदियो ।’
व्यापारीक घरानाकी छोरी मनिशा आफूले साँचो माया गरेका कारण सबै त्यागेर आएको बताइन् । उनले भनिन् ‘ फेसबुक मै भएपनि हाम्रो ‘ट्रु लभ’ थियो । माया बसेपछि परिवार त्यागेर आँए ।’
फेसबुकमा उनीहरूबीच कुराकानी भएपनि एक अर्कालाई प्रत्यक्ष रूपमा देखेका थिएनन् । उनीहरूको भेट कहिलै भएको थिएन् । उनले थपिन, ‘विजयले च्याटमा आफू अपाङ्ग छु भन्थ्यो । मैलेपनि केही न केही समस्या होला भन्ने सोचेको थिए । शारीरिक रुपमा जस्तो भएपनि मन सफा भएपछि विवाह गर्ने निर्णयमा पुगे ।’
साँचो मायाका अगाडी शारीरिक स्वरूपले केही फरक नपार्ने उदाहरण बनेका छन् मनिशा र विजयको जोडी । विजयले काम गर्न नसकेपनि आफू पसल गरेर श्रीमानलाई पाल्ने मनिसा बताउँछिन् ।
विगतलाई सम्झिदै उनले भनिन् ‘ घरपविारमा पनि मलाई राम्रो गदैनथे । सुरुमा विजयप्रति वास्तै लाग्दैनथ्यो । तर, बोल्दै गएपछि छोड्न सकिन र सँगै जीवन बिताउन आए ।’
काठमाडौबाट भागेर विराटनगर आएकी उनलाई छुटाउन भन्दै आफन्तहरू आएका थिए गत सोमबार तर, उनी फर्कन मानिन् । उनी घर जान नमानेपछि मंगलबार विवाह गरिदिएको बुबा रामबहादुरले बताए ।
फेसबुकले गर्दा आफुले नसोचेको कुरा पुरा भएका विजयका बुबा रामबहादुरले बताए । उनले भने ‘ मैले छोराको बिहे होला भन्ने सोचेको थिएन् । तर, फेसबुकले मेरो छोराको जोडी जुराइदियो ।’
छोराको बारेमा सबै कुरा फोनमै मनिसालाई बताउँदा स्विकार गर्ने भएपछि विवाह गरिदिएको उनले सुनाए ।
पूर्व भारतीय सेना रामबहादुरले भने ‘मनिशाका बुबापनि आएका थिए । छोरी घर फर्कन मानिन् ।’ कक्षा ८ सम्म अध्ययन गरेका विजयलाई क्म्युटरको हार्डवेयर सम्बन्धी राम्रो ज्ञान छ । उनले भने, ‘ अझै कम्प्युटर हार्डवेयर सिकेर सक्षम बन्छु ।’