विराटनगर, २ फागुन(ओएनएस) : प्रणय दिवस नजिकिदै गर्दा प्रेम अन्धो हुन्छ भन्ने उदाहरण देखाइदिएका छन् शारीरिक रूपमा अपाङग विजय प्रधान र सपाङग मनिशा महर्जनको जोडीले । शारीरिक रूपमा अशक्त विजयसँग विवाह गरेर मनिसाले प्रेम-अन्धो हुन्छ भन्ने उदाहरण दिएकी हुन् । उनीहरुको जोडी बानिदिएको हो फेसबुकले ।
दुवै खुट्टा चल्न नसक्ने विराटनगर शान्ति चोकका विजय प्रधान ह्विलचेयरको साहरामा मात्र हिडडुल गर्न सक्छन् । ह्विचेयरको साहरामा हिडेपनि प्रविधी सम्बन्धी जानकार उनले आफ्नो जाडी आफै खोजेका हुन् फेसबुकको माध्ययमबाट ।
एक बर्ष अघि फेसबुकबाट चिनजान भएका उनीहरूले यसै साता विवाह गरे । फेसबुकबाट नजिकिएका उनीहरुले मंगलबार विवाह गरेका हुन् । मनिशा एकसाता अघि शुक्रबार काठमाडौबाट विराटनगर विजयको घरमा आएपछि उनिहरुको विवाह गरिदिएको बुबा रामबहादुरले जानकारी दिए ।
आफूहरूले साँचो माया गरेका कारण विवाह भएको उनले बताए । उनले थपे, ‘सुरूमा विश्वास नै लागेको थिएन् उनी आउँछिन भनेर । फेसबुक त मेरो लागि भगवान नै हो । मलाई जोडी बानाइदियो ।’
व्यापारीक घरानाकी छोरी मनिशा आफूले साँचो माया गरेका कारण सबै त्यागेर आएको बताइन् । उनले भनिन् ‘ फेसबुक मै भएपनि हाम्रो ‘ट्रु लभ’ थियो । माया बसेपछि परिवार त्यागेर आँए ।’
साँचो मायाका अगाडी शारीरिक स्वरूपले केही फरक नपार्ने उदाहरण बनेका छन् मनिशा र विजयको जोडी । विजयले काम गर्न नसकेपनि आफू पसल गरेर श्रीमानलाई पाल्ने मनिसा बताउँछिन् ।
विगतलाई सम्झिदै उनले भनिन् ‘ घरपविारमा पनि मलाई राम्रो गदैनथे । सुरुमा विजयप्रति वास्तै लाग्दैनथ्यो । तर, बोल्दै गएपछि छोड्न सकिन र सँगै जीवन बिताउन आए ।’
फेसबुकले गर्दा आफुले नसोचेको कुरा पुरा भएका विजयका बुबा रामबहादुरले बताए । उनले भने ‘ मैले छोराको बिहे होला भन्ने सोचेको थिएन् । तर, फेसबुकले मेरो छोराको जोडी जुराइदियो ।’
छोराको बारेमा सबै कुरा फोनमै मनिसालाई बताउँदा स्विकार गर्ने भएपछि विवाह गरिदिएको उनले सुनाए ।
पूर्व भारतीय सेना रामबहादुरले भने ‘मनिशाका बुबापनि आएका थिए । छोरी घर फर्कन मानिन् ।’ कक्षा ८ सम्म अध्ययन गरेका विजयलाई क्म्युटरको हार्डवेयर सम्बन्धी राम्रो ज्ञान छ । उनले भने, ‘ अझै कम्प्युटर हार्डवेयर सिकेर सक्षम बन्छु ।’


