Wednesday, January 13, 2016

पाचहजारको लोभले झण्डै कोठीमा

– हरि अधिकारी
विराटनगर, २९ पुस 2072 । श्रीमानले छोराछोरीको पालन पोषणमा चासो नदिएपछि तीन वटा सन्तानको दायित्व उनको काधमा थियो ।
मजदुरी गरेर कमाएको पैसाले छोराछोरीलाई पाल्न गाह्रो भइरहेको अवस्थामा उनलाई भारतसम्म साथी गए व्यापार गर्ने पैसा दिने अफर आयो ।
व्यापार गर्ने पैसा भए दुःख गर्नु नपर्ने सोँचेर विराटनगर– ११ की मञ्जुदेवी मुखिया छिमेकी मीना यादवले भनेपछि मख्ख परिन् । व्यापार गर्न मीनाले पाच हजार पैसा दिने आस देखाएपछि उनकी साथमा भारततिर लागिन् ।
व्यापार गर्ने पैसा पाउने आसले मञ्जुको पछि लागेर गएकी उनी अपाङ्ग भएर नेपाल फर्किएकी छन् । १४ महिना अगाडिको घटना सम्झिएर भावुक हुँदै मञ्जुले भनिन्, ‘बेच्न लगेको थाहापाएपछि घर लैजान भने, घर लैजान्छुभन्दै टेम्फोबाट अरअरिया लैजाँदा दुर्घटना भयो ।’
टेम्पो दुर्घटना भएपछि उनी बेचिनबाट त जोगिन । तर मञ्जु अपाङ्ग बनेर स्वदेश फर्किन । तीन सन्तानको साहरा मञ्जु दुर्घटनामा परेपछि अरुको साहरामा बाच्न बाध्य भएकी छन् ।
दुर्घटनामा परी देबे्र खुट्टाको दुई ठाउँमा भाँचिएपछि मञ्जु र उनकी दिदी मिलेर पश्चिम बंगालको एउटा अस्पतालमा छोडेर हिँडेका थिए ।
उनको साथमा रहेको मोवाइल फोन र सबै रकम खोसेर अपलपत्र अवस्थामा छोडेपनि त्यहाँका चिकित्सकको सहयोगमा परिवारको सम्पर्कमा आएर मञ्जु घर फर्कीएकी हुन् ।
भारत कुर्सकक्टा माइत रहेकी मञ्जुले माइतसम्म गए पाँच हजार दिने लोभ देखाएपछि मञ्जु, मीनाको साथ लागेर कुर्सकट्टा गएकी हुन् ।
तर पैसा पाउने आसमा छिमेकीलाई विश्वास गरेर भारत गएकी उनी अहिले बैसाखीको साहाराविना हिँड्डुल गर्न नसक्ने भएकी छन् ।
दुवै खुट्टा भाँचिएपछि उनी अहिले माइतीको साहरामा बच्न बाध्यछिन् । भएको सवै सम्पत्ति उपचार गर्दै सकिएको उनकी आमा बिन्दु मुखियाले बताइन् । भनिन्, ‘डाक्टरले थप उपचार गर्नुपर्छ भन्छन् । पैसा नभएर भौतारीरहेको छु ।’
पाँच हजार दिन्छुभन्दै अरअरिया बेच्न लगेकी मीनालाई प्रहरीले कारवाहीको साट्टो संरक्षण गरीरहेको छ । जसोतसो नेपाल फर्किएर मीनालाई कारवाहीका लागि प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले कारवाही नगरी छाडेको उनको गुनासो छ ।
दुई घण्टाका लागि साथी जाउँभन्दै कुशाहाकट्टा पुगाएर जवरजस्ती बेच्न लैजान दुर्घटना भएर आफू बचेपनि नेपाल फर्केर प्रहरीमा उजुरी गर्दा प्रहरीले हप्कीदप्की गरेर पठाएको उनको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले उपचार खर्च वापत ३५ हजार दिने सहमति गराएर पीडकलाई उन्मुक्ति दिएको उनको गुनासो छ ।
http://news-nepal.com/2016/01/13/11507.html

Sunday, January 10, 2016

नगरका अधिकांस योजना हावादारी

विराटनगर, २६ पुस  विराटनगर उपमहानगरपालिकाले चालेका अधिकांस महत्वकाक्षी योजना असफल भएका छन् । विकास निर्माणका महत्वपूर्ण योजना नगरबासी सामु ल्याएपनि त्यसले निरन्तरता पाउन नसक्दा विराटनगर उपमहानगरपालिकाका अधिकांस योजना असफल बन्दै गएका हुन् ।
विराटनगर उपमहानगरपालिकाले अघि सारेको सत्वार्षिकोत्सवदेखी सोलार बत्ती जडान गर्ने सम्मका महत्वकांक्षी योजना असफल भएका हुन् । उपमहानगरपालिकाले चालेका अधिकांस योजनाहरू असफल हुँदा नेपालको पुरानो सहर विराटनगरको सुन्दरता खस्कदै गएको छ । विराटनगर भन्दापछि सुरु भएका सहरहरुले विकास निर्माणमा फड्को मारिसके तर विराटनगर उपमहानगरपालिका भने आफैले अघि सारेको योजना अघि सार्न नसक्दा अघि बढन सकेको छैन् ।
रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सरेको खुसियालीमा एक बर्षसम्म सत्बार्सिकोत्सव मनाउने भन्दै तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हातबाट उदघाटन त गरियो । तर, निकै तामझामका साथ उदघाटन गरिएको सत्वार्षिकोत्सव उदघाटन मै सिमित रहयो ।सत्वार्षिकोत्सवको उपलक्ष्यमा उपमहानगरले विभिन्न विकासे योजनाको आश्वासन बाडेपनि कुनै योजना कार्यनयन भएनन ।
उपमहानगरपालिकाले महत्वकांक्षी भन्दै सत्बार्षिकोत्सवको अवसरमा श्रदा आश्रम निर्माण गर्ने, मिनी जु बनाउने, सत्बार्षिकोत्सव स्तम्भ बनाउने लगायतका योजना अघि सारेको थियो । तर, नगरवासी सामु उपमहानगरपालिकाको विकासे योजना हात्ती आयो हात्ती आयो फुस्स भने जस्तै भयो ।
त्यस्तै, उपहानगरपालिकाले विराटनगरका सडकहरु सोलरबत्ती जडान गरेर उज्यालो पार्ने भन्दै चार बर्ष अघि देखी आश्वासन बाड्यो । तर, विडम्बना अझै सम्म सोलार जडान हुन सकेको छैन भने उपमहानगरपालिकाका सोलर जडान गर्छाै भन्न थाकेको छैन । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी सोलार जडान गर्न सम्झौता गरेको कम्पनी भागेपछि योजना असफल भएको बताउँछन् ।
त्यस्तै, विराटनगर उपमहानगरपालिकाले फोहोरलाई व्यवस्थित गर्न भन्दै ल्याण्डफिल्ड साइट निर्माण गर्ने अभियान चलाएको थियो तर ल्याण्डफिल्ड साइड निर्माण गर्ने योजना पुरा हुन सकेन ।
मोरङ्गको डंग्राहा गाविस ५ मा ल्याण्डफिल्ड साइड निर्माण गरिने भनेपनि स्थानीयको विरोध पछि योजना अघि बढन सकेन । ल्याण्डफिल्ड साइड बनाउने चर्चा चलेको चार बर्षपछि पुन सोही क्षेत्रमा बनाउने भन्दै उपमहानगरपालिकाले कसरत सुरु गरेको छ । कार्यकारी अधिकृत पहिले स्थानीयले विरोध गरेपनि अहिले स्थानीयहरु सकारात्मक भएको बताउँछन् । उनले स्थानीयसँग संसदलाई राखेर छलफल गरिएको बताए ।
त्यस्तै विराटनगरका गुद्री ए र वि प्लटमा कम्पलेक्स बनाउने भन्दै योजना ल्याएपनि अघि बढन सकेको छैन् । सुविधा सम्पन्न कम्प्लेक्स तत्कालै बनाउने भनेपनि अझै योजना अघि बढन सकेको छैन् ।
त्यस्तै, बर्षाै पुरानो विराटनगर बसपार्क सुविधा सम्पन्न बनाउने भन्दै चार बर्ष अघि योजना ल्याइएको थियो । तर त्यो योजनापनि कार्यन्वयन हुन नसकी फर्केर गयो ।
पहिलेको योजना फर्केर गएपनि अहिलेको बसपार्क बनाउने योजना फर्केर नजाने कार्यकारी अधिकृत रेग्मीको भनाई छ । ‘हामीले सबै काम पुरा गरेर फाइल जर्मन विकास बैकमा पठाएका छौ ।’ उनले भने ‘ उत्ताबाट ओके भएपछि यहाँ काम अघि बढाउँछौ ।’
विराटनगर उपमहानगरपालिकाले चालेका अधिकांस योजना असफल भएपनि नयाँ योजनापनि थपिने क्रम जारी छ । पाँच बर्षभित्र ५० हजार बिरुवा रोप्ने योजना ल्याइएको कार्यकारी प्रमुख रेग्मीले बताए । उनले ९ फिट चौडा भएको सडकहरुमा बिरुवा रोपिने जानकारी दिए ।
त्यस्तै एसियाली विकास बैकको दुई अर्व ३९ करोड ऋण सहयोगमा सञ्चालित मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना पनि सुस्त गतिमा सञ्चालित छ । परियोजना अन्तरगत सञ्चालनमा रहेका ढल, सडक र नाला निर्माणको कार्य प्रभावकारी रुपमा अघि बढन सकेको छैन । भूकम्पले गर्दा बैसाख देखी रोकिएको काम त्यसपछिको बर्खा र मधेश आन्दोलनको कारण देखाउदै रोकिएको थियो । केही दिनयता सञ्चालित योजनाको काम विभिन्न कारण देखाउदै कछुवाको गतिमा सञ्चालित छ ।
डिसेम्बर २०१३ बाट सुरु भएको परियोजनाको ठेक्का सिटीसीइ र कालिका कन्ड्रक्सनले संयुक्त रुपमा लिएका थिए । सुरु देखी नै सुस्तगतिमा काम गरेका ठेकेदारले निर्धारित मितिमा काम सक्ने कुनै छाँटकाँट छैन् । मे २०१६ मा काम सक्नु पर्ने भएपनि ५० प्रतिशत कामपनि हुन सकेको छैन ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रेग्मी सडक फराकिलो पार्ने महत्वकाक्षी योजना सञ्चालनमा रहेको बताउछन् । उपमहानगरपालिकले नगरक्षेत्र भित्र मापदण्ड अनुसारका सडकहरु फराकिलो बनाउने योजना अघि बढेको बताउछन् । उपमहानगरपालिकाले मेनरोड र आसपासमा मापदण्ड अनुसार सडक फराकिलो बनाएपनि व्यवस्थित हुन सकेको छैन् ।


http://www.onsnews.com/most-of-the-plan-has-failed/

Friday, January 8, 2016

‘झापा, मोरङ र सुनसरी प्रदेश छुट्टै किन नहुने’

करिव एकसय दिनयता जारी मधेश आन्दोलनलाई सम्बोधन गर्न मोरङ, सुनसरी जिल्लालाई टुक्राउने हल्लाले विराटनगरमा ठुलै स्थान पायो । जिल्ला टुक्राउन नहुने भन्दै आन्दोलन पनि सुरू भै सक्यो । मधेश आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण आक्रान्त बनेको पूर्वी नेपालमा जिल्ला टुक्राए फेरी आन्दोलन चर्किने निश्चित छ ।
roshan adhikariमधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्न अघि सरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जिल्ला टुक्राउने प्रस्ताव गरेको हल्लाले मात्र विराटनगरका नागरिक समाजलाई सडकमा उतारेको छ । उनीहरुको एउटै माग छ जिल्ला टुक्राउन दिदैनौ । हल्लाले गर्दा करिब १५ सय मान्छे सडकमा उत्रिए भने प्रस्तावित १ नम्बर प्रदेशमा रहेको मोरङ, सुनसरीको भुभागलाई दुई नम्बर प्रदेशमा राख्ने हो भने अखण्डको नारा दिदै अर्को आन्दोलन सुरु हुन्छ ।
बुधबारबाट सुरु नागरिक समाजको आन्दोलनका बावजुत मोरङ, सुसनरी टुक्राउँदा करिव चार महिनायता जारी मधेश आन्दोलन त साम्य होला तर अर्को अखण्ड आन्दोलनको बिउ रोपिने छ । त्यसले फेरी जनतालाई नै दुःख दिने छ ।
मधेशी मोर्चालाई मनाउन जिल्ला टुक्राउनु पर्ने, नागरिक समाजको चित्त बुझाउन अखण्ड राख्नु पर्ने भए निकास कसरी निष्कन्छ ? करिब चार महिनायता जारी मधेश आन्दोलन समाधान कसरी गर्ने ? विकल्प धेरै होलान् तर सबैले मान्ने विकल्प खोज्नु छुट्टै प्रदेश पनि हुन सक्छ ।
‘गिभ एण्ड टेक’ गरी समस्याको सामधान गर्ने अघि बढेपनि संयमता नअपनाए मधेश आन्दोलन त सम्बोधन होला तर अखण्डको आन्दोलनलाई मलजल गर्ने छ । चार महिनायताको आन्दोलन सेलाउन नपाउँदै अर्को आन्दोलन सुरू हुने छ जिल्ला टुक्राउन पाइदैन भन्दै ।
प्रस्तावित प्रदेश नम्बर १ मा रहेको मोरङ, सुनसरीका दक्षिणी भुभाग प्रदेश नम्बर २ मा मिलाए । त्यस भेगका जनतालाई संघियता घाडो हुनेछ । विकेन्द्रीकृत साशन प्रणाली लागु गरेपनि त्यस भेगका जनता राजधानी जनकपुर मान्न चाहँदैनन् । उनीहरुलाई पायक पर्ने क्षेत्र पनि जनकपुर हुदैन । जनताको सुविधाकालागि आन्दोलन गरेका उनीहरुमाथी प्रदेश नम्बर १ बाट दुईमा मिलाए अन्याय हुनेछ । जिल्ला टुक्राए प्रदेश नम्बर २ को राजधानी विराटनगर हुँदैन र विराटनगरका सर्वसाधरण जनकपुरलाई राजधानी बनाउन चाहँदैनन । धनुषा, सिराहाका जनतापनि विराटनगरलाई राजधानी मान्न चाहँदैनन । उताका जनता यता नआउने र यताका उता नजाने भएपछि अर्को आन्दोलन हुन्छ । शिक्षा स्वास्थ्य, रोजगार यातायातको सुविधा खोज्दै कोशीपारीबाट विराटनगर आएका सर्वसाधरण फेरी राजधानीका लागि जनकपुर जान उपयुक्त मान्दैनन् ।
९० प्रतिशत जनप्रतिनिधीले बनाएको संविधान र संघियता अहिले संकटमा छ । संविधान चाहने र नचाहने शक्तिबीचको लडाइपनि छ । एकातिर करिब चार महिनायता जारी मधेश आन्दोलनको सेफ ल्याण्डिङ खोजी रहेको मधेशी मोर्चा र सरकार दुवैले बुद्धीमानीपूर्वक समस्या समाधान गर्न अग्रसर बने भने पूर्वी नेपालमा अखण्डको आन्दोलन पनि हुदैन र जिल्ला टुक्राउनु पर्ने अवस्था पनि आउँदैन ।
अहिले प्रदेश नम्बर १ का विवादित जिल्ला झापा, मोरङ र सुनसरीलाई मिलाएर छुटटै प्रदेश बनाउनु बुद्धीमानी हुनेछ । केपी ओली नेतृत्वको सरकारमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रीक, एमाओवादी, आन्दोलनरत संयुक्त मधेशी मोर्चा र कांग्रेस एमालेले समस्या सामधानकालागि अग्रसर हुने हो भने तिन जिल्लालाई मिलाएर छुट्टै प्रदेश बनाउन सकिन्छ । यसरी बन्ने कान्छो प्रदेशको क्षेत्रफल ४७१८ वर्ग किलोमिटर हुन्छ । सानो तर सवल र आत्मनिर्भर प्रदेश बन्न सक्छ झापा, मोरङ र सुनसरी ।
अहिले काठमाडौँमा जिल्ला टुक्राउन खोजेको हल्ला चल्ने बित्तिकै विराटनगरका जनता सडकमा निस्कन्छन् । जिल्ला टुक्राई हाले अवस्था के हुन्छ होला सबैले एक पटक सोच्ने बेला आएको छ । संविधान जारी भएपछि अभाव र संकटमा परेका जनताहरू ‘गणतन्त्र भन्दा राजतन्त्र नै ठिक थियो । कमसेकम काम गरेर खान त पाइन्थ्यो’ भन्न थालेका छन् ।
गणतन्त्रदेखि दिक्क बनेका जनतालाई खुसी पार्न सकेसम्म सबैखाले राजनीतिक आन्दोलनलाई सम्बोधन गर्नु पर्छ । पूर्वी नेपालका तिन जिल्लालाई समेटेर नयाँ प्रदेश घोषणा गर्न उपयुक्त हुन्छ । यसरी घोषणा गरेको राज्य नेपालकै उत्कृष्ट प्रदेश बन्न सक्छ । शिक्षा, स्वास्थ्य, यातायात र प्रकृतिक स्रोत साधनले भरिपूर्ण हुन्छ, कान्छो प्रदेश । अझैपनि नेपालको सबै भन्दाबढी धान फल्ने जिल्ला कुन हो भन्दा झापा, मोरङ र सुनसरीकै नाम अघि आउँछ ।
संघियतालाई संस्थागत गर्दै डा. बाबुराम भट्टराईले भने जस्तै देशलाई आर्थिक हिसाबले समृद बनाउने हो भने राजनीतिक स्थायीत्व आवश्यक पर्छ । राजनीतिक स्थायीत्व कायम गर्न सकिएन भने देशको अवस्था कस्तो हुन्छ भन्ने अहिले हामीले भोगीरहेका छौ । हामीपनि अलिक सवल भएको भए हामीमाथी भारतले नाङ्गो हस्तक्षेप गर्न सक्ने थिएन । यसरी नाकाबन्दी गर्ने आँट गर्ने थिएन । यो सबको कारण राजनीतिक अस्थीरता नै हो । राजनीतिक स्थायीत्व हुने भए यस्तो समस्या आउने थिएन ।
तसर्थ राजनीतिक स्थायीत्व कायम गर्ने हो भने अब सबैले पार्टी र व्यक्तिगत सोच भन्दा एक कदम अघि बढेर देशलाई निकाश दिने सम्बन्धमा सोच्नै पर्छ ।
http://www.onsnews.com/new-state-for-jhapa-sunasari-and-morang/