Saturday, February 13, 2016
जेलमा अभद्र व्यवहार गरिएपछि कोइराला भारतसँग सधै असन्तुष्ट थिए
हरि अधिकारी
विराटनगर,२९ माघ 2072: राजा महेन्द्रले पञ्चायती व्यवस्था भङ्ग गर्दै २०१७ साल पुस १ गते प्रजातन्त्रमाथि नै हस्तक्षेप गर्दै निरङकुशता लादे । त्यसबेलाका प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालियो । बीपी प्रधानमन्त्री रहेका बेला तुलसी गिरी परराष्ट्रमन्त्री थिए । गिरीको स्वकीय सचिवको रूपमा कार्यरत सुशील कोइरालाको जीवनमा २०१७ साल पुस १ गतेको घटनाले धेरै परिवर्तन ल्यायो ।
बलिउडको हिरो बन्ने सोच बनाएर राजनीतिमा लागेका कोइराला १७ सालको घटनापछि सादगी जीवनमा फर्किएर पाटी र प्रजातान्त्रिक आन्दोलनकालागि कमिज सुरूवाल लगाएर निस्किए । सधै जसो सुटबुट लगाएर बस्ने सुशीललाई १७ सालको सरकार भंग भएपछि बीपीले सुशीला भाउजूको हेरचाह र पार्टीको गतिविधिमा सक्रीय रहनु भनेपछि उनी सादगी राजनीतिमा लागेको उनका निकटहरू बताउँछन् । कमिज सुरूवालमा राजनीतिमा निस्किएका उनी जीवनपर्यन्तसम्म त्यही पहिरनमा रहे ।
प्रजातान्त्रिक सरकारलाई राजा महेन्द्रले ढालेर बीपीलाई जेल हालेपछि सुशील कोइराला भूमिगत गतिविधि गर्न भन्दै विराटनगर आए । २०१७ साल पुसमा विराटनगर आएका उनको भेट बद्रीनारायण बस्नेत, बिनोद अर्याल, राजेन्द्र गुप्तालगायतसँग भयो । विराटनगरमा क्रान्तिकारी गतिविधी गर्ने पनि यिनै नेताहरु थिए । सुशील विराटनगर आएपछि कांग्रेसले राजालाई असहयोग गर्न भूमिगत गतिविधि गर्न थाल्यो । त्यसबेला उनीहरूको काम भनेको टेलिफोनको तार काट्ने पार्टीको पर्चा पम्पलेट बाँड्ने र राजालाई असहयोग गर्ने कार्य हुन्थ्यो ।
‘हामी टोररिष्ट मुभमेन्ट गर्दै थियौ । २०१७ सालको घटना सम्झँदै सुशीलका साथी बद्रीनारायणले बस्नेतले भने, ‘राति राति पर्चा पोस्टर टाँस्ने, टेलिफोनको लाइन काट्ने हाम्रो काम थियो ।’
२०१७ साल फागुनमा दुहवीको पुल जलाउने नेतृत्व कोइरालाले गरेका बस्नेत सम्झन्छन् । सुशील कोइरालासँग पुल जलाउन गएको सम्झना बस्नेतसँग अझै छ ।
विराटनगर आउजाउ गर्ने एकमात्र गाडी कुदने रोड थियो । विराटनगर इटहरी रोड । त्यसबेला सरकारी गाडी विराटनगर आउन नदिन कांग्रेसले दुहवी पुल जलाउने निर्णय गर्यो । दुहवी पुल जलाउने नेत्रित्व गरेका सुशील कोइरालालाई सघाउने विनोद अर्याल र बद्रीनारायण बस्नेत थिए ।
‘बेलुका सात बजे दुई टीन मट्टितेल, सन्ठी र पराल गोरू गाडामा लोड गरेर लाग्यौ । बद्रीनारायण भन्छन्, ‘पुल जलाउन अघि कताबाट जलाउने भन्दै एक पटक हेर्न खोलातर्फ झर्यौ । खोला छेउमा आउँदा बँदेल चरे जस्तै आवाज आयो । मैले सुशील दालाई बँदेल चरे जस्तै आवाज आयो भने । कोइराला सर्तक भए । मसँग सलाई थियो । बालेर हेर्दा पुलिस त्रिपाल टाँगेर सुतेका रहेछन् । पुलिस देखेपछि सुशील दाले सलाई निभएर ‘इनसेक्वइर, गो ब्याक गो ब्याक’ भन्दै मेरो पाखुरा समातेर तान्नु भयो ।’
दुहवीको बुढीखोलामा रहेको पुलभन्दा पश्चिमपट्टि काठको पुल थियो । काठको पुल जलाउने योजना असफल भएपछि राति एक बजे विराटनगर भाग्दै आइ पुगेको बद्री सम्झन्छन् ।
क्रान्तिकारी गतिविधि गर्दै गर्दा विराटनगरमा रहेको माल अड्डामा बम हानेपछि सुशील कोइराला बनारस गएको बद्री बताउँछन् ।
‘हाम्रो भेट ०१७ सालमा भएको थियो । बद्रीले भने, ‘सुशील कोइराला अरू मान्छे भन्दा फरक हुनु हुन्थ्यो ।’ कोइराला अरू मानिससँग नरिसाउने, सरल र सहयोगी स्वभावका रहेको बस्नेतको बुझाई छ । उनी भन्छन् ‘उहाँ खानपिनमा टिपटप स्वभावको हुनुहुन्थ्यो ।’
सुशील कोइरालाले पनि दुहवी घटना नबिर्सिएको बस्नेत बताउँछन । उनले भने, ‘प्रधानमन्त्री भएका बेला विराटनगर आउनु भएको थियो । भेटघाट गर्दा मैले दुहवी घटना याद छ भन्दा छ भन्नु भएको थियो ।’
सुशील कोइराला भारतसँग धेरै रिसाएको उनको बुझाई छ । २०३० सालको प्लेन हाइज्याक काण्डपछि सुशिल हतियार किन्न पाकिस्तान गएका थिए । प्लेन अपहरण गरेको पैसाले पाकिस्तानबाट हतियार ल्याउँदा कोइरालालाई बागाबोर्डरबाट भारतीय प्रहरीले पक्राउ गरेको थियो । इन्डियन इन्टेलीजेन्स व्यूरोको सहयोगमा हतियार ल्याउदै गरेका सुशीललाई व्यूरोले नै समातेर जेल हालेको बस्नेत बताउँछन् ।
बागाबोर्डरबाट पक्राउ परेका कोइरालालाई दुई बर्ष भन्दा बढी भारतको तिहाड जेलमा राखिएको थियो । कोइरालाले जेलमा आफुलाई अभद्र व्यवहार भएको सहकर्मीहरुलाई सुनाउने गर्थे । तिहाड जेलमा भएको व्यवहारले गर्दा कोइराला भारतसँग सधै असन्तुष्ट रहेको बस्नेत बताउँछन् । कोइराला पार्टीले दिएको जिम्मेवारी कुसलताकासाथ निर्वाह गर्ने इमान्दार थिए । बस्नेतले भन्छन्, ‘राजनीतिमा निष्ठावान थिए सुशील दा ।’
नेपाली राजनीतिको स्वरूपमा सादगी जीवनको एउटा नमूनाको अन्त्य भएका अर्का कांग्रेस पुराना नेता राजेन्द्र विरही बताउँछन् । सुशील कोइराला राजनीतिमा त्यागी, निष्ठावान र पदको लोभ नगर्ने नेता रहेको उनको बुझाइ छ ।
राजनीतिमा लागेका अधिकांशले काठमाडौंमा घर बनाएका छन् । बिरही भन्छन्, ‘ सुशील त प्रधानमन्त्री बन्दा डेराबाट नै गएका थिए । परलोक हुदापनि अर्कैको घरबाट भए ।’ कृष्णप्रसाद भट्टराई जस्तै सादगी विचारका सुशील रहेको उनको बुझाइ छ ।
Wednesday, January 13, 2016
पाचहजारको लोभले झण्डै कोठीमा
– हरि अधिकारी
विराटनगर, २९ पुस 2072 । श्रीमानले छोराछोरीको पालन पोषणमा चासो नदिएपछि तीन वटा सन्तानको दायित्व उनको काधमा थियो ।
मजदुरी गरेर कमाएको पैसाले छोराछोरीलाई पाल्न गाह्रो भइरहेको अवस्थामा उनलाई भारतसम्म साथी गए व्यापार गर्ने पैसा दिने अफर आयो ।
व्यापार गर्ने पैसा भए दुःख गर्नु नपर्ने सोँचेर विराटनगर– ११ की मञ्जुदेवी मुखिया छिमेकी मीना यादवले भनेपछि मख्ख परिन् । व्यापार गर्न मीनाले पाच हजार पैसा दिने आस देखाएपछि उनकी साथमा भारततिर लागिन् ।
व्यापार गर्ने पैसा पाउने आसले मञ्जुको पछि लागेर गएकी उनी अपाङ्ग भएर नेपाल फर्किएकी छन् । १४ महिना अगाडिको घटना सम्झिएर भावुक हुँदै मञ्जुले भनिन्, ‘बेच्न लगेको थाहापाएपछि घर लैजान भने, घर लैजान्छुभन्दै टेम्फोबाट अरअरिया लैजाँदा दुर्घटना भयो ।’
टेम्पो दुर्घटना भएपछि उनी बेचिनबाट त जोगिन । तर मञ्जु अपाङ्ग बनेर स्वदेश फर्किन । तीन सन्तानको साहरा मञ्जु दुर्घटनामा परेपछि अरुको साहरामा बाच्न बाध्य भएकी छन् ।
दुर्घटनामा परी देबे्र खुट्टाको दुई ठाउँमा भाँचिएपछि मञ्जु र उनकी दिदी मिलेर पश्चिम बंगालको एउटा अस्पतालमा छोडेर हिँडेका थिए ।
उनको साथमा रहेको मोवाइल फोन र सबै रकम खोसेर अपलपत्र अवस्थामा छोडेपनि त्यहाँका चिकित्सकको सहयोगमा परिवारको सम्पर्कमा आएर मञ्जु घर फर्कीएकी हुन् ।
भारत कुर्सकक्टा माइत रहेकी मञ्जुले माइतसम्म गए पाँच हजार दिने लोभ देखाएपछि मञ्जु, मीनाको साथ लागेर कुर्सकट्टा गएकी हुन् ।
तर पैसा पाउने आसमा छिमेकीलाई विश्वास गरेर भारत गएकी उनी अहिले बैसाखीको साहाराविना हिँड्डुल गर्न नसक्ने भएकी छन् ।
दुवै खुट्टा भाँचिएपछि उनी अहिले माइतीको साहरामा बच्न बाध्यछिन् । भएको सवै सम्पत्ति उपचार गर्दै सकिएको उनकी आमा बिन्दु मुखियाले बताइन् । भनिन्, ‘डाक्टरले थप उपचार गर्नुपर्छ भन्छन् । पैसा नभएर भौतारीरहेको छु ।’
पाँच हजार दिन्छुभन्दै अरअरिया बेच्न लगेकी मीनालाई प्रहरीले कारवाहीको साट्टो संरक्षण गरीरहेको छ । जसोतसो नेपाल फर्किएर मीनालाई कारवाहीका लागि प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले कारवाही नगरी छाडेको उनको गुनासो छ ।
दुई घण्टाका लागि साथी जाउँभन्दै कुशाहाकट्टा पुगाएर जवरजस्ती बेच्न लैजान दुर्घटना भएर आफू बचेपनि नेपाल फर्केर प्रहरीमा उजुरी गर्दा प्रहरीले हप्कीदप्की गरेर पठाएको उनको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले उपचार खर्च वापत ३५ हजार दिने सहमति गराएर पीडकलाई उन्मुक्ति दिएको उनको गुनासो छ ।
http://news-nepal.com/2016/01/13/11507.html
Sunday, January 10, 2016
नगरका अधिकांस योजना हावादारी
हरि अधिकारी
विराटनगर, २६ पुस विराटनगर उपमहानगरपालिकाले चालेका अधिकांस महत्वकाक्षी योजना असफल भएका छन् । विकास निर्माणका महत्वपूर्ण योजना नगरबासी सामु ल्याएपनि त्यसले निरन्तरता पाउन नसक्दा विराटनगर उपमहानगरपालिकाका अधिकांस योजना असफल बन्दै गएका हुन् ।
विराटनगर उपमहानगरपालिकाले अघि सारेको सत्वार्षिकोत्सवदेखी सोलार बत्ती जडान गर्ने सम्मका महत्वकांक्षी योजना असफल भएका हुन् । उपमहानगरपालिकाले चालेका अधिकांस योजनाहरू असफल हुँदा नेपालको पुरानो सहर विराटनगरको सुन्दरता खस्कदै गएको छ । विराटनगर भन्दापछि सुरु भएका सहरहरुले विकास निर्माणमा फड्को मारिसके तर विराटनगर उपमहानगरपालिका भने आफैले अघि सारेको योजना अघि सार्न नसक्दा अघि बढन सकेको छैन् ।
रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सरेको खुसियालीमा एक बर्षसम्म सत्बार्सिकोत्सव मनाउने भन्दै तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हातबाट उदघाटन त गरियो । तर, निकै तामझामका साथ उदघाटन गरिएको सत्वार्षिकोत्सव उदघाटन मै सिमित रहयो ।सत्वार्षिकोत्सवको उपलक्ष्यमा उपमहानगरले विभिन्न विकासे योजनाको आश्वासन बाडेपनि कुनै योजना कार्यनयन भएनन ।
उपमहानगरपालिकाले महत्वकांक्षी भन्दै सत्बार्षिकोत्सवको अवसरमा श्रदा आश्रम निर्माण गर्ने, मिनी जु बनाउने, सत्बार्षिकोत्सव स्तम्भ बनाउने लगायतका योजना अघि सारेको थियो । तर, नगरवासी सामु उपमहानगरपालिकाको विकासे योजना हात्ती आयो हात्ती आयो फुस्स भने जस्तै भयो ।
त्यस्तै, उपहानगरपालिकाले विराटनगरका सडकहरु सोलरबत्ती जडान गरेर उज्यालो पार्ने भन्दै चार बर्ष अघि देखी आश्वासन बाड्यो । तर, विडम्बना अझै सम्म सोलार जडान हुन सकेको छैन भने उपमहानगरपालिकाका सोलर जडान गर्छाै भन्न थाकेको छैन । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी सोलार जडान गर्न सम्झौता गरेको कम्पनी भागेपछि योजना असफल भएको बताउँछन् ।
त्यस्तै, विराटनगर उपमहानगरपालिकाले फोहोरलाई व्यवस्थित गर्न भन्दै ल्याण्डफिल्ड साइट निर्माण गर्ने अभियान चलाएको थियो तर ल्याण्डफिल्ड साइड निर्माण गर्ने योजना पुरा हुन सकेन ।
मोरङ्गको डंग्राहा गाविस ५ मा ल्याण्डफिल्ड साइड निर्माण गरिने भनेपनि स्थानीयको विरोध पछि योजना अघि बढन सकेन । ल्याण्डफिल्ड साइड बनाउने चर्चा चलेको चार बर्षपछि पुन सोही क्षेत्रमा बनाउने भन्दै उपमहानगरपालिकाले कसरत सुरु गरेको छ । कार्यकारी अधिकृत पहिले स्थानीयले विरोध गरेपनि अहिले स्थानीयहरु सकारात्मक भएको बताउँछन् । उनले स्थानीयसँग संसदलाई राखेर छलफल गरिएको बताए ।
त्यस्तै विराटनगरका गुद्री ए र वि प्लटमा कम्पलेक्स बनाउने भन्दै योजना ल्याएपनि अघि बढन सकेको छैन् । सुविधा सम्पन्न कम्प्लेक्स तत्कालै बनाउने भनेपनि अझै योजना अघि बढन सकेको छैन् ।
त्यस्तै, बर्षाै पुरानो विराटनगर बसपार्क सुविधा सम्पन्न बनाउने भन्दै चार बर्ष अघि योजना ल्याइएको थियो । तर त्यो योजनापनि कार्यन्वयन हुन नसकी फर्केर गयो ।
पहिलेको योजना फर्केर गएपनि अहिलेको बसपार्क बनाउने योजना फर्केर नजाने कार्यकारी अधिकृत रेग्मीको भनाई छ । ‘हामीले सबै काम पुरा गरेर फाइल जर्मन विकास बैकमा पठाएका छौ ।’ उनले भने ‘ उत्ताबाट ओके भएपछि यहाँ काम अघि बढाउँछौ ।’
विराटनगर उपमहानगरपालिकाले चालेका अधिकांस योजना असफल भएपनि नयाँ योजनापनि थपिने क्रम जारी छ । पाँच बर्षभित्र ५० हजार बिरुवा रोप्ने योजना ल्याइएको कार्यकारी प्रमुख रेग्मीले बताए । उनले ९ फिट चौडा भएको सडकहरुमा बिरुवा रोपिने जानकारी दिए ।
त्यस्तै एसियाली विकास बैकको दुई अर्व ३९ करोड ऋण सहयोगमा सञ्चालित मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना पनि सुस्त गतिमा सञ्चालित छ । परियोजना अन्तरगत सञ्चालनमा रहेका ढल, सडक र नाला निर्माणको कार्य प्रभावकारी रुपमा अघि बढन सकेको छैन । भूकम्पले गर्दा बैसाख देखी रोकिएको काम त्यसपछिको बर्खा र मधेश आन्दोलनको कारण देखाउदै रोकिएको थियो । केही दिनयता सञ्चालित योजनाको काम विभिन्न कारण देखाउदै कछुवाको गतिमा सञ्चालित छ ।
डिसेम्बर २०१३ बाट सुरु भएको परियोजनाको ठेक्का सिटीसीइ र कालिका कन्ड्रक्सनले संयुक्त रुपमा लिएका थिए । सुरु देखी नै सुस्तगतिमा काम गरेका ठेकेदारले निर्धारित मितिमा काम सक्ने कुनै छाँटकाँट छैन् । मे २०१६ मा काम सक्नु पर्ने भएपनि ५० प्रतिशत कामपनि हुन सकेको छैन ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रेग्मी सडक फराकिलो पार्ने महत्वकाक्षी योजना सञ्चालनमा रहेको बताउछन् । उपमहानगरपालिकले नगरक्षेत्र भित्र मापदण्ड अनुसारका सडकहरु फराकिलो बनाउने योजना अघि बढेको बताउछन् । उपमहानगरपालिकाले मेनरोड र आसपासमा मापदण्ड अनुसार सडक फराकिलो बनाएपनि व्यवस्थित हुन सकेको छैन् ।
Friday, January 8, 2016
‘झापा, मोरङ र सुनसरी प्रदेश छुट्टै किन नहुने’
संघियतालाई संस्थागत गर्दै डा। बाबुराम भट्टराईले भने जस्तै देशलाई आर्थिक हिसाबले समृद बनाउने हो भने राजनीतिक स्थायीत्व आवश्यक पर्छ । राजनीतिक स्थायीत्व कायम गर्न सकिएन भने देशको अवस्था कस्तो हुन्छ भन्ने अहिले हामीले भोगीरहेका छौ । हामीपनि अलिक सवल भएको भए हामीमाथी भारतले नाङ्गो हस्तक्षेप गर्न सक्ने थिएन । यसरी नाकाबन्दी गर्ने आँट गर्ने थिएन प्रकाशित मिति : शनिबार, मंसिर ५, २०७२ साँझ १२ : ४०
करिव एकसय दिनयता जारी मधेश आन्दोलनलाई सम्बोधन गर्न मोरङ, सुनसरी जिल्लालाई टुक्राउने हल्लाले विराटनगरमा ठुलै स्थान पायो । जिल्ला टुक्राउन नहुने भन्दै आन्दोलन पनि सुरू भै सक्यो । मधेश आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण आक्रान्त बनेको पूर्वी नेपालमा जिल्ला टुक्राए फेरी आन्दोलन चर्किने निश्चित छ ।
बुधबारबाट सुरु नागरिक समाजको आन्दोलनका बावजुत मोरङ, सुसनरी टुक्राउँदा करिव चार महिनायता जारी मधेश आन्दोलन त साम्य होला तर अर्को अखण्ड आन्दोलनको बिउ रोपिने छ । त्यसले फेरी जनतालाई नै दुःख दिने छ ।
मधेशी मोर्चालाई मनाउन जिल्ला टुक्राउनु पर्ने, नागरिक समाजको चित्त बुझाउन अखण्ड राख्नु पर्ने भए निकास कसरी निष्कन्छ ? करिब चार महिनायता जारी मधेश आन्दोलन समाधान कसरी गर्ने ? विकल्प धेरै होलान् तर सबैले मान्ने विकल्प खोज्नु छुट्टै प्रदेश पनि हुन सक्छ ।
‘गिभ एण्ड टेक’ गरी समस्याको सामधान गर्ने अघि बढेपनि संयमता नअपनाए मधेश आन्दोलन त सम्बोधन होला तर अखण्डको आन्दोलनलाई मलजल गर्ने छ । चार महिनायताको आन्दोलन सेलाउन नपाउँदै अर्को आन्दोलन सुरू हुने छ जिल्ला टुक्राउन पाइदैन भन्दै ।
प्रस्तावित प्रदेश नम्बर १ मा रहेको मोरङ, सुनसरीका दक्षिणी भुभाग प्रदेश नम्बर २ मा मिलाए । त्यस भेगका जनतालाई संघियता घाडो हुनेछ । विकेन्द्रीकृत साशन प्रणाली लागु गरेपनि त्यस भेगका जनता राजधानी जनकपुर मान्न चाहँदैनन् । उनीहरुलाई पायक पर्ने क्षेत्र पनि जनकपुर हुदैन । जनताको सुविधाकालागि आन्दोलन गरेका उनीहरुमाथी प्रदेश नम्बर १ बाट दुईमा मिलाए अन्याय हुनेछ । जिल्ला टुक्राए प्रदेश नम्बर २ को राजधानी विराटनगर हुँदैन र विराटनगरका सर्वसाधरण जनकपुरलाई राजधानी बनाउन चाहँदैनन । धनुषा, सिराहाका जनतापनि विराटनगरलाई राजधानी मान्न चाहँदैनन । उताका जनता यता नआउने र यताका उता नजाने भएपछि अर्को आन्दोलन हुन्छ । शिक्षा स्वास्थ्य, रोजगार यातायातको सुविधा खोज्दै कोशीपारीबाट विराटनगर आएका सर्वसाधरण फेरी राजधानीका लागि जनकपुर जान उपयुक्त मान्दैनन् ।

९० प्रतिशत जनप्रतिनिधीले बनाएको संविधान र संघियता अहिले संकटमा छ । संविधान चाहने र नचाहने शक्तिबीचको लडाइपनि छ । एकातिर करिब चार महिनायता जारी मधेश आन्दोलनको सेफ ल्याण्डिङ खोजी रहेको मधेशी मोर्चा र सरकार दुवैले बुद्धीमानीपूर्वक समस्या समाधान गर्न अग्रसर बने भने पूर्वी नेपालमा अखण्डको आन्दोलन पनि हुदैन र जिल्ला टुक्राउनु पर्ने अवस्था पनि आउँदैन ।
अहिले प्रदेश नम्बर १ का विवादित जिल्ला झापा, मोरङ र सुनसरीलाई मिलाएर छुटटै प्रदेश बनाउनु बुद्धीमानी हुनेछ । केपी ओली नेतृत्वको सरकारमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रीक, एमाओवादी, आन्दोलनरत संयुक्त मधेशी मोर्चा र कांग्रेस एमालेले समस्या सामधानकालागि अग्रसर हुने हो भने तिन जिल्लालाई मिलाएर छुट्टै प्रदेश बनाउन सकिन्छ । यसरी बन्ने कान्छो प्रदेशको क्षेत्रफल ४७१८ वर्ग किलोमिटर हुन्छ । सानो तर सवल र आत्मनिर्भर प्रदेश बन्न सक्छ झापा, मोरङ र सुनसरी ।
अहिले काठमाडौँमा जिल्ला टुक्राउन खोजेको हल्ला चल्ने बित्तिकै विराटनगरका जनता सडकमा निस्कन्छन् । जिल्ला टुक्राई हाले अवस्था के हुन्छ होला सबैले एक पटक सोच्ने बेला आएको छ । संविधान जारी भएपछि अभाव र संकटमा परेका जनताहरू ‘गणतन्त्र भन्दा राजतन्त्र नै ठिक थियो । कमसेकम काम गरेर खान त पाइन्थ्यो’ भन्न थालेका छन् ।
गणतन्त्रदेखि दिक्क बनेका जनतालाई खुसी पार्न सकेसम्म सबैखाले राजनीतिक आन्दोलनलाई सम्बोधन गर्नु पर्छ । पूर्वी नेपालका तिन जिल्लालाई समेटेर नयाँ प्रदेश घोषणा गर्न उपयुक्त हुन्छ । यसरी घोषणा गरेको राज्य नेपालकै उत्कृष्ट प्रदेश बन्न सक्छ । शिक्षा, स्वास्थ्य, यातायात र प्रकृतिक स्रोत साधनले भरिपूर्ण हुन्छ, कान्छो प्रदेश । अझैपनि नेपालको सबै भन्दाबढी धान फल्ने जिल्ला कुन हो भन्दा झापा, मोरङ र सुनसरीकै नाम अघि आउँछ ।
संघियतालाई संस्थागत गर्दै डा. बाबुराम भट्टराईले भने जस्तै देशलाई आर्थिक हिसाबले समृद बनाउने हो भने राजनीतिक स्थायीत्व आवश्यक पर्छ । राजनीतिक स्थायीत्व कायम गर्न सकिएन भने देशको अवस्था कस्तो हुन्छ भन्ने अहिले हामीले भोगीरहेका छौ । हामीपनि अलिक सवल भएको भए हामीमाथी भारतले नाङ्गो हस्तक्षेप गर्न सक्ने थिएन । यसरी नाकाबन्दी गर्ने आँट गर्ने थिएन । यो सबको कारण राजनीतिक अस्थीरता नै हो । राजनीतिक स्थायीत्व हुने भए यस्तो समस्या आउने थिएन ।
तसर्थ राजनीतिक स्थायीत्व कायम गर्ने हो भने अब सबैले पार्टी र व्यक्तिगत सोच भन्दा एक कदम अघि बढेर देशलाई निकाश दिने सम्बन्धमा सोच्नै पर्छ ।
http://www.onsnews.com/new-state-for-jhapa-sunasari-and-morang/

Tuesday, December 8, 2015
विराटनगरको पत्रकारिता इतिहास र विकासक्रम
धन्यवाद
महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगर परिवार र विषेशगरी पत्रकारिता प्राध्यापन गराउने कमल पौडेयाल सर प्रति आभारी छु । प्रथमबर्षको प्रयोगात्मक परिक्षाका निम्ती मलाई विराटनगरको पत्रकारितको इतिहासको विषय खोजी गर्न लगाउनु भएकोमा कलम सर प्रति आभार प्रकट गर्दछु ।
विराटनगरको पत्रकारिताको पुराना पुस्ताका पत्रकाररिताप्रति चासो राख्ने व्यक्तीलाईमात्र जानकारी छ । नया पुस्ताले इतिहासको जानकारी लिन खासै चासो देखाएको छैन् । विराटनगरको पत्रकारिता इतिहासलाई उल्लेख गर्न पाउदा आफुलाई भाग्यमानि ठान्छु किनकी मैले यसअघि इतिहासको बारेमा जान्ने काशिष गरेको थिइन् ।
नया पुस्तालाई विराटनगरको इतिहाससँग जोडिएको पत्रकारिताको विकासक्रमका बारेमा जानकारी लिन यो अध्ययनले केही मद्धत पुग्ने विश्वास मैले लिएको छु । अध्ययन भित्र विराटनगरका पत्रकारिता क्षेत्रका अग्रज व्यक्तीहरु सँग सल्लाह गरेर तयार पारिएको हो । यस भित्र विराटनगरसँग मोरङ जिल्लाका मोफसलका क्षेत्रहरुको बारेमा पनि थोरै अटाउने प्रयन्त गरेको छु । अध्ययन र सामाग्री संकलनका निम्ती सहयोग गर्नु हुने साथीहरु प्रति आभारी छु ।
अन्त्यमा देशकै ठुलो औद्योगिक सहर विराटनगरको हराउनै लगेको पत्रकारिताको इतिहासको अध्ययन र संकलनका निम्ती जिम्मेवारी दिनु हुने सम्पूर्णलाई धन्यवाद
विषयसूची
१ आम सञ्चार
२ विश्व पत्रकारिताको इतिहास
३ नेपालमा पत्रकारिताको इतिहास
४ विराटनगरको पत्रकारिताको इतिहास
५ विकाशक्रम र विगतदेखि वर्तमान
६ दर्ता भएका पत्रिकाहरु
७ व्यवस्थित हुन सकेको सञ्चारक्षेत्र
८ निष्कर्ष
९ सुझाव
आम सञ्चार
सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, बिचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । यसर्थ एकअर्काबीच सूचना, बिचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो ।
विश्व पत्रकारिताको इतिहास
विराटनगरको पत्रकारिताको इतिहास जान्नु अघि विश्व पत्रकारिता इतिहास र नेपालको पत्रकारिताको इतिहासको बारेमा केही बुझन जरुरी ठानेर केही तथ्यहरु प्रस्तुत गरेको छु । विश्व पत्रकारिताको इतिहास इन्टरनेट र पुस्तकको सहयोगमा संकलन गरेको हो ।
तसर्थ विश्व इतिहासको बारेमा केही जानकारी– सञ्चारको उद्भव कहिले भयो भनेर पत्ता लगाउन कठिन छ । किनकि यस पृथ्वीमा तीन लाख वर्ष पहिले भाषाको प्रारम्भ भएको अनुमान गरिन्छ । ३५ हजार वर्ष पहिले गुफावासीहरुले बोलीका माध्यमबाट सञ्चार गरेका थिए भन्ने विश्वास छ ।
इसा पूर्व ५०००–४००० को बीचमा मानिसहरुले संकेतद्वारा आफ्ना विचारहरुलाई अभिव्यक्तिको माध्यम बनाउन थालेका थिए । त्यसपछि मात्र लिपिको विकास भएको मान्यता छ ।
इ.पू.४०० वर्ष पहिले ग्रीकको राजधानी एथेन्समा स्थानीय घटनालाई जानकारी गराउने उद्देश्यले ढोल बजाउँदै कराएर ओटोलिकसले सञ्चारको कार्य गरेका थिए ।
प्राचीन युगमा देवर्षी नारदले देव–दानव बीच खबरको आदान–प्रदान गर्ने कार्य गरेका थिए । उनको यस किसिमको भूमिका पनि सञ्चारकै हो । प्राचिनकालमा रोम साम्राज्यमा हातैले लेखेर सूचना निकालिन्थ्यो र सार्वजनिक ठाउँमा टाँसिन्थ्यो भन्ने विश्वास छ ।
इ.पू ४५० मा चीनमा अक्षरहरुको विकास भैसकेको थियो । यसको केही वर्षपछि जापानमा बुद्धका सन्देशहरु संग्रहीत प्रकाशित सुरु भएको मान्यता छ । त्यतिबेला काठको ब्लक बनाई हातैले छाप्ने प्रचलन थियो । ई.पू ५९ मा दैनिक घटना जानकारी दिने उद्देश्यले ‘एक्टा डिउर्ना’ प्रकाशित भएको थियो । यसैलाई सबैभन्दा पुरानो अखबार मानिन्छ ।
अर्कातिर सामान्य अर्थमा पत्रपत्रिकामा लेख्ने कामलाई पत्रकारिता भनिन्छ । तर व्यापक अर्थमा पत्रकारिता भन्नाले सूचना,सन्देश वा जानकारी संकलन तथा सम्पादन गरी प्रकाशन वा प्रसारण गर्ने कार्यलाई बुझिन्छ । यस अन्तर्गत विभिन्न किसिमका पत्रपत्रिकाहरु, रेडियो, टेलिभिजन आदिबाट प्रकाशन तथा प्रशारण गरिने सामाग्रीहरु समेटिन्छन् ।
पत्रकारिता आफनो मौलिक अर्थमा होइन, अंग्रेजीमा प्रचलित जर्नालिज्म शब्दको समानार्थीका रुपमा र एक पारिभाषिक शब्दका रुपमा नेपालीमा प्रयोग गरिएको छ । यो शब्द फ्रान्सेली भाषाको जर वा जर्नल शब्दबाट बनेको हो ।
पत्रकारिता एउटा कला हो । पत्रकारले दिनभरिका घटनाहरु, उक्त घटनासम्बन्धी समाचार एवम् नयाँ परिवर्तनका सम्बन्धमा आफनो विचार र त्यससम्बन्धी विश्लेषण प्रस्तुत गर्दछ । पत्रकारितालाई सूचना, समाचार, शिक्षा र मनोरञ्जनको भरपर्दो स्रोतका रुपमासमेत लिइन्छ ।
पत्रकारिताका माध्यमबाट जनमत निर्माण, परिचालन गर्ने मात्र होइन सरकारलाई सचेत पार्न सकिन्छ ।
तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो । त्यसपछि मध्य युगको आरम्भ भयो । लेखनका साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो । आजको पत्रकारिता वैज्ञानिक युगको सामूहिक देन हो । कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ ।
छैटौं शताब्दीमा चीनबाटै‘ ‘सित्गपाओ’ मासिक पत्र प्रकाशित भएको थियो । त्यसैले यसलाई नै संसारको पहिलो पत्रिका भनिन्छ । सन् १४५० देखि युरोपमा पत्रकारिताको सुरु भयो । संयुक्तराज्य अमेरिकामा प्रकाशन प्रारम्भ हुनुभन्दा अघि नै मेक्सिकोमा १५४१ तिर समाचार सिटहरु छापिन थालेका थिए ।
छिमेकी देश भारतमा २९ जनवरी १७८० मा प्रकाशित साप्ताहिक पत्रिका‘ हिकिज बंगाल गजेट’ नै पहिलो पत्रिका हो ।
नेपालमा पत्रकारिताको इतिहास
विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो । भारतभन्दा झन्डै तीन सयबर्ष पछाडि मात्र नेपालमा छापाखानाले प्रवेश गरेको हो ।
भारतमा सन् १५५० मा प्रेसले प्रवेश पायो भने नेपालमा सन् १८५१ तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्यायपछि मात्र विधिवत् रुपले प्रवेश पायो । यसैलाई गिद्धे प्रेस भनिन्छ । गिद्धको जस्तो पखेटा र सो अंकित लोगो भएकोले गिद्धे प्रेस भनिदै आएको हो ।
फेरि पनि छापाखाना पहुंच नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ । यसपछिको अर्को छापाखानाको नाम हो ‘मनोरञ्जन छापाखाना’ , गिद्धेप्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याईएको थियो । यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो ।
साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थाले । यसैबीच उनको १९५२मा निधन भएपनि पण्डित नरराजहरूले १९५५मा सुधासागर प्रकाशित गरे गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि वि.सं.१९४२ मा ‘गोर्खा भारत जीवन’ नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यस्को विकासक्रम भएको देखिन्छ ।
यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ । नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ ।‘सुधासागर’पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोर्खापत्र’ हो । यो सन् १९०१मा प्रकाशित भएको थियो । गोर्खापत्र अझै पनि निरन्तर प्रकाशित भैरहेको छ । त्यसयता २००७ सालको क्रान्ति र २०४६ सालको आन्दोलन पश्चात नेपालमा प्रविधीको विकाससँगै हरेक क्षेत्रमा च्याउसरी सञ्चार माध्ययमहरु उम्रिका छन् ।
विराटनगरको पत्रकारिताको इतिहास
विराटनगरको इतिहासमा सवैभन्दा पहिले सञ्चार माध्ययमको रुपमा रेडियोको स्थापना भएको थियो । २००७ सालको जहानीय राणा साशनको विरुद्ध तत्कालिन विद्रोही नेपाली कांग्रेसले विराटनगरको जुट मिलबाट नेपाल प्रजातान्त्रिक रेडियोको (हाल रेडियो नेपाल)को प्रशारण सुरु गरेको विभिन्न तथ्यहरु फेला परेका छन् ।
नेपाल र बाहिरी देशको इतिहास हेर्ने हो भने बिद्युतीय पत्रकारिता भन्दा छापा पत्रकारिता नै अगाडि सुरु भएको थियो । विद्युत भन्दा छापा माध्ययम नै जेठो हो तर विराटनगरको पत्रकारीता र सञ्चार माध्यमको सुरुवात भने छापा माध्यमको भन्दा अगाडि विद्युतीय माध्ययमको रेडियो सुरुवात भएको हो । रेडियोको सुरुवात भएपछि मात्र पत्रपत्रिकाको सुरुवात भएको हो ।
२००७ सालमा जहानियाँ राणा शासनबिरुद्ध जनक्रान्तिको आह्वान भएपछि वि.सं.२००७ साल मंसिर २५ गते नेपाली कांग्रेसका नेता तारिणीप्रसाद कोइरालाको अगुवाइमा रेडियोको प्रशारण सुरु गरिएको थियो ।
विकासक्रम
तत्कालिन समयमा नेपालकै जेठो र विराटनगरको परिचयको रुपमा विराटनगर–२२मा स्थापित रघुपति जुटमिलबाट नेपाल प्रजातान्त्रिक रेडियोको स्थापना भएको थियो । उक्त रेडियो आकाशवाणी सेटबाट सर्टवेभको ४१ मिटर ब्याण्डबाट प्रसारण हुन्थ्यो । २००७ सालको क्रान्ति सफल भएर फागुन ७ गते प्रजातन्त्रको घोषणा भएपछि त्यो रेडियो बन्द भएको थियो । २००७ सालको क्रान्ति सफल भएपछि विराटनगरबाट सुरु भएको प्रजातान्त्रिक रेडियो काठमाडौंबाट २००७ साल चैत्र २० गते रेडियो नेपालको नाममा स्थापना भएको थियो र सोही क्रमदेखि रेडियो नेपालको प्रशारण निरन्तर रुपमा सञ्चालित छ । नेपाल कै पहिलो रडियोको रुपमा रहेको रडियो नेपाल सरकारी स्वामित्वमा सञ्चालित छ भने रेडियो नेपालको सुरुवात गरिएको स्थान रघुपति जुट मिल सञ्चालन हुन नसकेपछि बन्द गरिएको छ ।
विगतदेखि वर्तमान
नेपाल प्रजातान्त्रिक रेडियोको इतिहास छोटो भए पनि छापा पत्रकारिताभन्दा त्यसको इतिहास जेठो भएको विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीले आफना विभिन्न लेखहरुमा उल्लेख गरेका छन् ।
पहिलो पत्रिका हुरी– पत्रपत्रिकाको इतिहास हेर्ने हो भने विराटनगबाट सुरु भएको रेडियो काठमाडांै लगिएको ठिक ५ बर्ष पछि वि.संं.२०१२ बाट सुरु भएको पाइन्छ । तत्कालिन समयमा ‘हुरी’ नामक साप्ताहिक पत्रिका प्रकाशन सुरु भएको थियो । सो पत्रिकापनि धेरै समय टिक्न नसकेको पाइछ । विराटनगरको इतिहास हेर्ने हो भने आधिकांस पत्रपत्रिकाहरु निरन्तर प्रकाशित हुने गरेको पाइदैन । जहिलेपनि आर्थिक संकटबाट पिरोलिएका सञ्चार माध्ययमहरु व्यावासायीक हुन नसक्दा यस्तो समस्या आएको हो । पत्रपत्रिकाको प्रकाशन सुरुवातदेखि नै आर्थिक रुपमले समस्याग्रस्त बनेका विराटगरका अधिकांशं सञ्चार संस्था अहिलेपनि धराशाही छन् ।
त्यही समस्याले गर्दा विराटनगरको जेठो साप्ताहिक पत्रिका भए पनि हुरी धेरै समयसम्म बाँच्न सकेन । ऐतिहासिक प्रमाणहरूलाई हेर्दा उक्त पत्रिका जम्मा ३८ अंक निस्किएर बन्द भएको थियो ।
विराटनगरको पहिलो छापा माध्ययमको सुरुवात गर्ने व्यक्ति हदराज बोहरा हुन् । २०१२ सालमा स्थापना भएको हुरीको सम्पादक हदराज बोहरा थिए । तर सो पत्रिकाको प्रकाशन गर्ने जिम्मा पनि तत्कालिन नेपाल प्रजातान्त्रिक रेडिया सुरुवात गर्ने व्यक्ति व्यक्ति तारिणीप्रसाद कोइरालाले गरेको पत्रकार मोहन भण्डारी बताउछन् ।
विरानगरमा २०१२ सालबाट मात्र छापा पत्रकारिता शुरु हुनाको कारण नेपालको पुरानो सहर विराटनगरमा पहिले छापाखाना थिएन । हुन त मोरङको सदरमुकाम विराटनगर १९७० सालमा विराटनगरमा आएको थियो । सहरीकरण बन्दै गएको विराटनगरमा पछिमात्र छापाखानाको स्थापना गरिएको थियो ।
राजनीतिक रूपले देशका अन्य सहरभन्दा विराटनगर धेरै अघि रहेपनि पत्रपत्रिकाको इतिहास धेरै लामो छैन । हरेक राजनीतिक परिवर्तनको नेतृत्व विराटनगरले र यहाँका कोइराला परिवारले लिएको थियो भने सञ्चार माध्यम सञ्चालन र प्रकाशनको जिम्मापनि कोइराला परिवारले नै लिएको थियो भन्दा फरक नपर्ला ।
कोइराला परिवारले पत्रपत्रिका र रेडियो सुरु गरेको विराटनगरमा हुरी साप्ताहिक पत्रिका बन्द भए लगत्तै २०१२ सालमै कमलप्रसाद घिमिरेको सम्पादनमा ‘उज्यालो’ नामक अर्को साप्ताहिक पत्रिका प्रकाशन शुरु भएको तथ्यहरु छन् । सो पत्रिकापनि निरन्तर प्रकाशन हुन सकेन ।
विराटनगर चन्द्रप्रसाद नेपालले चन्द्र प्रिन्टिङ प्रेस स्थापना गरेपछि पत्रपत्रिकाको छपाई सुरु भएको थियो । तर हुरी पत्रिका भने तारिणीप्रसाद कोइराला आफैले स्थापना गरेको कल्पना प्रिन्टिङ प्रेसमा छापिन्थ्यो ।
अग्रज पत्रकार मोहन भण्डारीले तयार पारेको आलेख अनुसार तारिणीप्रसाद कोइराला उनले निकाल्ने पत्रिका छपाइकालागि काठमाडौं जान्थ्यो ।
काठमाडौंको नयाँ सडक स्थित पिपलबोटमा विराटनगरबाट पठाइएको पत्रिका हारालुछ भएर बिक्री हुन्थ्यो । बहुआयामिक व्यक्तित्व तारिणीप्रसाद कोइरालाको मोरङको पत्रकारितामा ठूलो योगदान रहेको बताइएको छ ।
मोरङ विशेष गरी विराटनगरको पत्रकारितालाई हेर्ने हो भने २०१२ सालदेखि २०१७ सालसम्म पत्रपत्रिको प्रकाशन थोरै हुन्थ्यो । भने २०१७ साल अर्थात पञ्चायती व्यवस्थामा प्रारम्भ पछि २०३६ सालसम्मको अवस्थामा पत्रिकाले केही विकास गरेको बताइएको छ ।
२०३६ साल पछि प्रजातान्त्रिक व्यवस्था लागू भएपछि नेपालको प्रेस स्वतन्त्रता लागू गरिएपछि केही फड्को मारेको बताइएको छ । त्यसबेला प्रेस स्वतन्त्रता लागू गरिएपनि शासनको व्यवहार भने परिवर्तन भएको थियो । पछि २०४६ सालयता बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागू भएपछि प्रेस स्वतन्त्रता लागू गरियो ।
२०४६ सालको आन्दोलनपछि – २०४६ यता २०६२–६३ सालको दोस्रो जनआन्दोलन ताका विराटनगरमा थुप्रै पत्रिकाहरुको प्रकाशन भैसकेको थियो । २००७ सालदेखि हालसम्मको इतिहासलाई हेर्ने हो भने विराटनगरममा पत्र–पत्रिकाहरु आवश्यकता भन्दाबढि नै प्रकाशित भए भन्न सकिन्छ । प्रविधिको विकाससँगै मानिसहरु व्यक्तिगत स्वार्थकालागि पनि सञ्चार प्रतिष्ठानको स्थापना गरेको पाइन्छ ।
६५ वर्षको विराटनगरको पत्रपत्रिकाको इतिहास हामीसँग छ । यो अवधिमा सञ्चार माध्ययम खुल्दै बन्द भए । अहिलेपनि नयाँ खुल्न र बन्द हुनु कुनै नौलो कुरा होइन ।
२००७ सालमा राणा शासनको निरंकुशता समाप्त भएपछि नेपाली जनताले स्वतन्त्रता प्राप्त गरे । त्यसपछि पत्रपत्रिका प्रकाशन गर्ने लहर सुरु भयो । राजधानी बाहिर जिल्ला–जिल्लाबाट पनि पत्रपत्रिकाहरु प्रकाशित हुन थाले ।
विराटनगरमा पत्रकारिताको सुरुवाती अवस्थामा प्रकाशित पत्रिकाहरु
हुरी साप्ताहिक,
उज्यालो साप्ताहिक ,
आँधी साप्ताहिक,
चेतना साप्ताहिक ,
विश्वदर्शन साप्ताहिक
फिलिंगो दैनिक
राजहंस (हिन्दी) साप्ताहिक
जनमत (हिन्दी) साप्ताहिक
जनवार्ता साप्ताहिक
घटना दैनिक छन् ।
मोरङमा २०१२ देखी १७ साल सम्मको अवधीमा १० वटा प्रकाशित भए तर कुनैले निरन्तरता पाउन सकेनन् ।
२०१७ साल यता निर्माण साप्ताहिक २०१८ सालबाट सुरु भएको थियो । सो पत्रिकालाई वि.सं.२०१९ साल मंसिर ८ बाट दैनिक रुपमा प्रकाशित गरिएको थियो । २००७ सालमा रेडियो, २०१२ मा साप्ताहिक र २०१९ सालबाट दैनिक प्रत्रिकाको प्रकाश सुरु भएको मानिन्छ सो अवधीमा चलेको पत्रिकाको रुपमा जनवार्ता, हिमालचुली र कोशेली साप्ताहिकलाई लिन सकिन्छ । जनवार्ता र कोशेली पछि दैनिक भए तर हिमालचुली पत्रिका भने पछिसम्म साप्ताहिक रुपमै प्रकाशित भयो । उक्त पत्रिकाका सम्पादक विपिनदेव ढुंगेलको वि.सं. २०४५ भदौ २२ गते निधन भएपछि बन्द भएको थियो । पछि विपिनदेव ढुंगेलका छोरा ठाकुरदेव ढुंगेल सम्पादक/प्रकाशक भएर केही समय निकालेर बन्द गरे । त्यस्तै कुमारबहादुर श्रेष्ठको २०५३ साल फागुन २४ गते निधन भएपछि केही वर्ष प्रकाशित भएर कोशेली पनि बन्द भएको पत्रकार मोहन भण्डारीले आफनो लेखमा उल्लेख गरेका छन् ।
वि.सं.२०३६ सालको राजनीतिक आन्दोलन पश्चात देशमा जनमत संग्रह भयो । जनमत संग्रह बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विषयमा थियो । जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाले जित्यो । त्यसपछिको संविधानमा पत्रपत्रिका प्रकाशनमा केही खुकुलो बनाइएको थियो । त्यो अवसरमा देशभर धेरै पत्रपत्रिका दर्ता भए । मोरङमा पनि दुई दर्जनको हाराहारीमा पत्रिका दर्ता भएको जिल्ला प्रशासन कार्यालय मोरङको अभिलेखमा उल्लेख छ । त्यसबीचमा सवैभन्दा बढी पत्रिका २०३९ सालमा दर्ता भएका थिए ।
२०३६ सालमा पत्रपत्रिका दर्ता खुलुलो बनाइएपछि मोरङ ५ वटा साप्ताहिक र २१ वटा साप्ताहिक दर्ता भएर प्रकाशनमा आएका थिए । त्यसबो नेपाल खबर, नयाँ प्रतिविम्व, कोशी दैनिक, निष्कर्ष, पञ्चशील दैनिक पत्रिकाको रुपमा प्रकाशित भए । तर ती केही समयपछि बन्द भए ।
त्यो बेला मोरङमा एकैपटक धेरै पत्रिका दर्ता भएको २०३९ सालको हो । राज्यले केही सुविधा दिएको कारणले पत्रपत्रिका प्रकाशन गर्नतर्फ होड चलेको थियो
निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै २०४६ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको आरम्भभएपछि नेपालको सम्बिधानमै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरियो । त्यसअघि पत्रपत्रिका प्रकाशन गर्न निकै जोखिम थियो तत्कालीन समयमा सत्ता र शासन प्रणालीको विरोध गर्दा छापाखाना बन्द गरिने, पत्रकारलाई थुनामा राख्ने र पत्रिकाको दर्ता नै खारेज पनि हुन सक्थ्यो । त्यसैले पत्रपत्रिकामा लगानी गर्न कोही अघि सरेनन् । २०४७ साल पछि भने पत्रकारिता क्षेत्रमा लगानीको वातावरण बन्यो । मोफसलबाट पनि संस्थागत रुपमा पत्रिका प्रकाशन गर्ने क्रम शुरु भयो ।
त्यसपछि मोरङमा दर्ता भएका पत्रपत्रिकाहरू पनि व्यक्तिगत दर्ता नभई कम्पनी ऐन अन्तर्गत संस्थागत रुपमा पत्रिका दर्ता गरेर प्रकाशन शुरु भयो । वि.सं. २०४७ सालदेखि दोस्रो ऐतिहासिक जनआन्दोलन २०६२–०६३ सम्मलाई एक चरण मानेर हेर्दा त्यस अवधीमा १६ वटा दैनिक, ३७ वटा साप्ताहिक र १९ वटा पाक्षिक पत्रिका जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएका छन । त्यसका साथै पत्रपत्रिका प्रकाशन विराटनगरमा मात्रै सीमित नरही उर्लावारी, पथरी, बेलवारीलगायत ग्रामीण भेगबाट प्रकाशन गर्ने क्रम शुरु भयो ।
त्यसैगरी विराटनगरमा स्थापना भएको नेपाल प्रेस इन्स्टिच्युट अन्तर्गतको क्षेत्रीय सञ्चार स्रोत केन्द्रले जिल्ला–जिल्लामा तालिमहरुको आयोजना गरी धेरै पत्रकारहरुलाई व्यवसायिक दक्षता प्रदान गरेको थियो ।
ऐतिहासिक जनआन्दोलन ०६२–०६३ को सफलतासँगै २०६३ साल जेठ १५ गते लोकतन्त्रको घोषणा भयो र त्यस दिन पछि मुलुकबाट सदाका लागि राजतन्त्रको अन्त्य भएको घोषणा गरियो । राजा ज्ञानेन्द्रलाई जनताले सत्ताच्यूत गरे ।
विराटनगरको पत्रकारिताको चर्चा गर्दा राजनीतिक स्वतन्त्रतासँगै मोरङको पत्रकारिता विराटनगरमा मात्रै सीमित रहेन । उत्तरी भेगका उर्लावारी, पथरी, बेलवारी, विराटचोक,लेटाङ लगायतका ग्रामीण बजारहरू शहरीकरण हुँदै गएकाले त्यस क्षेत्रबाट पनि पत्रपत्रिका प्रकाशन गर्ने जमर्को शुरु भयो ।यसका साथै उच्चमाविमा पत्रकारिता विषयमा पढाई सुरुवात हुन थाल्यो ।
अहिले आएर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा पत्रकारिताको स्नातक तहको पढाई सुरुवात भएकोले पत्रकारितामा व्यवहारिक ज्ञानका साथै सैद्धान्तिक ज्ञानमा पनि वृद्धि हुँदै गएको अवस्था छ ।
०६२/६३ पछि दर्ता भएका दैनिक पत्रिका
धमाका
विराटनगर टुडे (पछि विराट पथ बनाइएको)
जनविद्रोह
मधेश जागरण
कोतपर्व
न्यू सृष्टि (साप्ताहिकबाट दैनिक)
मधेश, अब दैनिक र उज्यालो पत्र हुन् ।
साप्ताहिक
समाज नेपाल, समाजवादी आवाज, खुलस्त, साप्ताहिक समाचारपत्र, विजनेश लाइफ, जागो मधेश, ग्ल्यामर टुडे, नई .., सौभाग्य मैथिली, निर्दिष्ट साप्ताहिक, मशाल दर्पण, अवरोह, कोशी कनेक्सन, सार्वजनिक मञ्च, सातौँ दिन, स्वतन्त्र विराट, मकालु टुडे, समकालीन पथ, विराटनगर सा., जनवादी आवाज, मैथिलके हुंकार, बिहीबारे फन, विराटनगर, क्राइम अप्रेशन हुन ।
मासिक पत्रिका
इन्क , तेश्रो पत्र, फ्रन्टलाइन
टेलिभिजन : मकालु टेलिभिजन
एफएम रेडियो : कोशी एफएम, बी एफएम,स्काई एफएम, रेडियो पूर्वेली, मकालु रेडियो, पूर्वाञ्चल एफएम, स्टार एफएम, नागरिक एफएम ।
व्यवस्थित हुन सकेन
पत्रपत्रिकाको प्रकाशको लहर चलेपनि व्यावसायीक बन्न सकेनन् । पहिलेको तुलनमा सञ्चार माध्यमहरु अहिले धेरै व्यापक भएपनि बजार क्षेत्र भने सानो छ । पत्रपत्रिको व्यावसायीक बन्न नसक्दा सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुको अवस्थापनि कमजोर नै छ । व्यावसायीकतालाई हेर्दा सवैजसो पत्रिकाहरु घाटामा छन् । तर त्यसका सञ्चालकहरु भने फाइदामा छन् । सञ्चार माध्ययमको नाममा सिमित व्यक्तिले मात्र फाइदा लिएका छन् ।
६५ बर्षको इतिहासमा मुलुकले धेरै पटक काँचुली फेर्यो । राणाशासन, राजतन्त्र, लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ ।
निष्कर्ष
विश्व पत्रकारिताको इतिहास हेर्ने हो भने नेपालको इतिहास निकै पछि छ । नेपालको पत्रकारिता पछाडी विकास भएकाले पनि हुन सक्न अहिले नेपाली पत्रपत्रिकाहरुले विश्व बजारमा प्रतिसपर्धा गर्न सकिरहेका छैनन् ।
नेपालमा प्रभावकारी कानुन नहुदा नेपाली मिडिया व्यावसायीक र समय अनुसार चल्न सकेका छैनन् । सञ्चारगृह व्यावसायीक र व्यवस्थित नहुदा त्यससँग आश्रित पत्रकार र अन्य श्रमिकहरु दु:खले जिवन चलाई रहेको अवस्था छ । अझ कतिपयले त सञ्चारगृहमा कामगर्ने मजदुरहरुलाई पारिश्रमिक पनि दिदैनन् । यसले के देखिन्छ भने सञ्चारगृह व्यवीथीत हुन नसक्दा समग्र पत्रकारितानै प्रभावित बनेको छ । एउटा श्रमिकले तलव नपाउदा आफनौ खर्च र आफु सँग आश्रीत परिवारको पालन पोषनमा समस्या आउनथालेपछि पेसा छाडेर पलायन हुने अवस्था छ । भने कतिपयले गलत कामपनि रोज्ने गरेका छन् ।
विश्वका ठुला देशहरुमा धेरै मिडियाहरु छैन । तर नेपालमा भने दुई तिन सय राष्ट्रिय दैनिकहरु छन् । तर हाम्रो विडम्बना नेपालमा ट्यापलेट साइजमा निस्कने ४ पेजका राष्ट्रिय दैनिकहरु छन् । तिनपनि व्यावसायीक छैनन् ।
पत्रकारितालाई व्यावस्थीत गर्ने निकय नहुदा जसलेपनि यो क्षेत्रमा प्रवेश गर्ने र केही समय काम गरेपछि पलायन हुने गरेका छन । अझ भन्ने हो भने कुनै क्षेत्रमा नविकेको मान्छे पत्रकारितामा छिरेका उदारणहरु पनि छन् । यसलाई नियन्त्रण र प्रवेश द्धारमा निगरानी गर्न जरुरी छ । प्रवेश द्धारमा निगरानी बढाएमात्र पत्रकारिताको व्यावसायीकता सम्भव छ । होइन भने चार पेजका राष्ट्रिय दैनिकहरु निस्कदै बन्द हुदै गर्छन । व्यावसायीक र व्यवस्थीत हुन सक्दैन् । जिम्मेवार पूर्ण पेसामा अराजकता हावी हुदै जान्छ ।
सुझाव
– पत्रकारितालाई समाजको ऐनाको रुपमा हेरिन्छ । तर सामाजको ऐनाको रुपमा काम गर्न के के योग्यता चाहिन्छ ? कानुन वनाउनु पर्छ ।
– पत्रकारितामा अराजकता हावी हुन नदिन प्रवेश द्धारमा निगरानी गरिनु पर्छ । प्रवेश द्धारमा निगरानी नहुदा यो पेसाको महत्व खस्कदै गएको छ । अन्य व्यावसाय र जागिरहरुमा असफल भएकाहरु सोझै यो पेसामा आउन सक्छन् । तसर्थ व्यवसायीक र व्यावहारिक बनाउन प्रवेश द्धारमा निगरानी गरिनु पर्छ ।
– सञ्चारगृहमा काम गर्ने श्रमिकहरुले तलव नियमित पाउदैनन् । पाएपनि दैनिकी गुजारा गर्न पुग्ने गरी पाउदैनन जसले गर्दा पत्रकारितालाई दाग लगाउने खालका काम गर्ने गर्छन ।
– पत्रकारले गलत समाचार लेखेपनि पिडित पक्षले न्यायको लागि अदालत पुग्दापनि न्याय पाउने खालको कानुन छैन् । सञ्चारकर्मीलाई सामान्य जरिवाना र धरौटी तिरेर छुटन सक्छन् । तसर्थ गलत र तथ्य विना समाचार लेख्ने पत्रकारलाईपनि हदै सम्मको कारवाही गरिने कानुन बनाए मात्र समाचार लेख्न वा प्रकाशन गर्न सञ्चारकर्मी र सञ्चारगृह जिम्मेवार बन्छन ।
– काम गर्ने मजदुरको तलव नदिने सञ्चार गृहलाई बन्द गरिनु पर्छ ।
– सञ्चार गृह खोल्न कडाई गरिनु पर्छ । अहिलेको अवस्थामा जसलेपनि सञ्चारगृह खोल्न सक्छन् । कानुन बनाएर अधिकतम धरौटी तोक्नु पर्छ ।

Saturday, November 21, 2015
जिउँदो सन्तानलाई चिहानघारीमा फालेपछि…
पथरीको जंगलमा अलपत्र अवस्थामा भेटिएका एक बेवारिसे बालकलाई हेर्नेहरू यस्तो सोच्न बाध्य हुन्छन् । बोल्न नसक्ने र शारीरिकरूपमा अशक्त देखिने ती बालकलाई आफन्तले जंगलको चिहानघारीमा फालेपछि अहिले उनी साहराको खोजीमा छन् । गत कात्तिक १७ गते पथरीको जंगलबाट उद्धार गरिएका करिब पाँच वर्षीय बालकलाई खोज्न कोही पनि आएका छैनन् । कोशी अञ्चल अस्पतालको बच्चा वार्डमा बालक अलपत्र परेका हुन् ।
जंगलको चिहानघारीमा अलपत्र बालक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जिल्ला बालकल्याण समितिसँग समन्वय गरी उपचारका लागि अञ्चल अस्पतालमा ल्याएको थियो । उपचारमा ल्याइएका ती बालक अहिले स्वस्थ्य भएका छ्न् । तर, हालसम्म अभिभावकको टुंगो नलागेकाले बालकलाई कसको जिम्मा लगाउने भन्ने समस्या परेको अस्पतालले जनाएको छ ।
त्यसो त पूर्व क्षेत्रमा अनाथ आश्रम पनि नभएका होइनन् । तर, बालक बोल्न र हिँडडुल गर्न नसक्ने भएका कारण हालसम्म कसैले पनि लैजान मानेका छैनन् । डोनेसनको भरमा चलेका अनाथ आश्रमले लैजान नमानेपछि बालक अस्पतालमै बेवारिस बनेका हुन् ।
गत १७ गते अस्पतालमा ल्याइएका ती बालकलाई कसैले नलगेपछि हालसम्म बच्चा वार्डमै राखिएको अस्पतालकी नर्स रञ्जिता हुमागाईले बताइन् । उनले भनिन्, ‘कसैले लैजान मानेका छैनन् । त्यही भएर यहीँ राखेका छौँ ।’
कालो वर्णका ती बालकको कम्मरमुनिको भाग सुकेको देखिन्छ । उनी बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । सुरूमा उनलाई एक वर्षको भनेर अस्पतालमा भर्ना गरिएको भएपनि शारिरिक बनावट हेर्ने हो भने पाँच बर्षको जस्तो देखिने अस्पतालले जनाएको छ । http://www.onsnews.com/child-thrown-by-his-parents/
Subscribe to:
Posts (Atom)